आईफोन १५ बीएमडब्ल्यूको वायरलेस चार्जिंग प्याडमार्फत चार्ज गर्दा एनएफसी चिपमा समस्या

  • Technology Khabar | १७ आश्विन २०८०, बुधबार
आईफोन १५ बीएमडब्ल्यूको वायरलेस चार्जिंग प्याडमार्फत चार्ज गर्दा एनएफसी चिपमा समस्या

काठमाडौं ।

आईफोन १५ एनएफसी चिप बीएमडब्ल्यू वायरलेस चार्जिंग प्याड मार्फत चार्ज गरेपछि फुट्ने समस्या भएको बताइएको छ।

एक रिपोर्टकाअनुसार नयाँ आईफोन १५ सिरिजका डिभाइसहरूमा रहेको एनएफसी चिप बिएमडब्लु कारहरूमा रहेको वायरलेस चार्जिङ प्याड मार्फत चार्ज गरेपछि फुट्ने गरेको बताइएको हो।

बिएमडब्लुका मालिकहरूले एक्स (पहिले ट्विटर) मा आईफोन १५ को एनएफसी चिपले उनीहरूको गाडीको वायरलेस चार्जिङ प्याडमार्फत डिभाइस चार्ज गरेपछि काम नगर्ने गुनासो गरेको म्याक रुमर्सले लेखेको छ।

आईफोनहरूमा एनएफसी (नियर-फिल्ड कम्युनिकेसन) चिपले एप्पल पे र डिजिटल कार की जस्ता सुविधाहरू दिन्छ।

प्रयोगकर्ताहरूले उनीहरूको बीएमडब्ल्यू कार मार्फत आफ्ना आईफोनहरू चार्ज गरेपछि वालेट एपमा “एप्पल पे सेट अप गर्न सकिएन” लेखिएको त्रुटि सन्देश प्राप्त गरेका रिपोर्ट गरेका छन्।

“एप्पलले एनएफसी चिप वास्तवमा असफल भएको पुष्टि गरेपछि केही डिभाइसहरू प्रतिस्थापन पनि गर्यो,” म्याक र्यूमर्सले रिपोर्ट गरेको छ।

यस मुद्दाको बारेमा धेरैजसो गुनासोहरू आईफोन १५ प्रो र १५ प्रो म्याक्स प्रयोगकर्ताहरूबाट आउँने बताइएको छ। नयाँ टाइटेनियम मोडलहरू ए १७ प्रो चिप भित्र छन्। यद्यपि, त्यहाँ नियमित आईफोन १५ र १५ प्लस पनि प्रभावित हुन सक्ने संकेतहरू रहेका उल्लेख छ।

यद्दपी यस समस्यामा कुन बीएमडब्ल्यू मोडेलहरू संलग्न छन् भनेर अहिलेसम्म थाहा छैन।

प्रकाशित: १७ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार