
काठमाडौं ।
उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत तेश्रो व्याचका लागी स्टार्टअपको आवेदन आब्हान गरेको छ। संस्थाले २०८० कार्तिक १५ गतेसम्म अनलाईन आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ। अनलाइन आवेदन फारम संगठनको वेबसाइट www.cim.org.np बाट लनइन गरि प्राप्त गर्न सकिने बताएको छ।
नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो र दोश्रो चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन। कार्यक्रम अन्तरत स्टार्टअप व्यवसायहरुलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना, बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो ।
पहिलो र दोश्रो व्याचमा गरि ३० जना स्टार्टअपहरु ग्राजुएशन भइसकेका छन्।
बिगत २ बर्षमा स्टार्टअप उद्यमीहरुलाई व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न ४ जना बिजनेश कोच तथा १५ जना मेन्टरर्सहरुको क्षमता अभिबृद्धि गरिएको जानकारी दिएको छ।
स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पूँजिको सहजिकरणका लागी बिराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको छ। २४ जना लगानीकर्ताहरु आवद्ध यस नेटवर्कले पूँजी आवश्यक पर्ने व्यवसायी सम्भावना उच्च भएका स्टार्टअपहरुमा लगानी गर्ने संस्थाले उल्लेख गरेको छ।
विगत बर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि तेश्रो व्याचका लागी आजैबाट प्रस्ताव आब्हान गरि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
दश महिना अवधि रहने तेश्रो चरणको कार्यक्रममा नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन्। यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको जनाएको छ।
प्रकाशित: १५ आश्विन २०८०, सोमबार