क्लासिक टेकले ल्यायो ‘दशैं तिहारको खुसीयाली! नेट, टिभी र राउटर यसपाली’ अफर योजना

  • Technology Khabar | १५ आश्विन २०८०, सोमबार
क्लासिक टेकले ल्यायो ‘दशैं तिहारको खुसीयाली! नेट, टिभी र राउटर यसपाली’ अफर योजना

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान चाड बिजया दशमीको शुभ अवसरमा आफ्नो दशैं योजना सार्वजनिक गरेको छ।

योजनाअनुसार क्लासिक टेकमा आबद्ध हुनचाहने नयाँ ग्राहकहरुले २०० र ३०० एमबीपीएस इन्टरनेट क्रमसः रु.९०७ र रु.१,१७७ मा पाउन सक्नेछन्। अफर अन्तर्गत जेडटीईको ५ गीगाहर्ज राउटर र स्मार्ट सेटटप बक्स निशुल्क पाउने बताईएको छ।

यसका साथै सेकेण्डरी राउटर जडान गर्न चाहनुहुने ग्राहकहरुका लागी कम्पनीले अहिलेसम्मकै सबैभन्दा सस्तो मूल्यमा सेकेण्डरी राउटर प्रदान गर्ने जनाएको छ।

यसैगरी क्लासिक टेकले कारो टेलकम्पनी संग भिडियोकोनको स्मार्ट टिभी सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ। गत बर्ष जस्तै कम्पनीले भिडियोकोनको ३२ इन्च तथा ४३ इन्चको स्मार्ट टिभी सेट बजारको मूल्य भन्दा निकै कम समायोजित मूल्यमा उपलब्ध गराउनेछ। भिडियोकोन ३२ इन्च स्मार्ट टिभी रु.१९,१३१ र ४३ इन्चको स्मार्ट टिभी रु.२८,७०१ मा लिन सकिने कम्पनीले बताएको छ।

कम्पनीले आफ्ना बिद्यमान प्रयोगकर्ताहरुका लागी समेत विशेष अफर ल्याएको छ। ग्राहकहरुले २५० एमबीपीएसको बार्षिक नविकरणमा ५०० एमबीपीएस इन्टरनेट स्पीड पाउन सक्नेछन भने १२ महिनाको रिचार्ज गर्दा २४ महिनाको इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको बताएको छ। कम्पनिले बार्षिक रिचार्जमा पनि जेडटिईको ५ गीगाहर्ज राउटर निशुल्क दिने उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...