
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनले अमेरिका फेरि चन्द्रमामा जान चीनसँग प्रतिस्पर्धा गरिरहेको बताएका छन्।
बीबीसीसँगको एक अन्तर्वार्तामा नेल्सनले भने कि हामी पहिले त्यहाँ पुग्ने सुनिश्चित गर्न चाहन्छौं।
उनको यस्तो भनाइले हामीलाई सन् १९६० र १९७० को दशकको सम्झना गराएको छ। तत्कालिन समयमा अमेरिकाले अन्तरिक्षका लागि सोभियत संघसँग प्रतिस्पर्धा गर्दथ्यो। तर करिब आधा शताब्दीपछि नासाले यसको अधिकांश कामका लागि निजी कम्पनीहरूलाई जिम्मा दिइरहेको छ। यसबाट अन्तरिक्षमा संलग्न हुन लाग्ने ठूलो लागतहरु साझेदारी गर्न महत्वपूर्ण हुने नेल्सन बताउँछन्। यसले नासालाई निजी क्षेत्रका उद्यमीहरूको रचनात्मकताको फाइदा लिन अनुमति दिन्छ।
यस क्रममा, उनले इलन मस्कको कम्पनी स्पेसएक्सलाई उद्धृत गरे। सन् २०२१ मा स्पेसएक्सलाई चन्द्रमामा अवतरण गर्ने ल्यान्डर निर्माण गर्न तीन अर्ब अमेरिकी डलरको ठेक्का दिइएको थियो। कम्पनीले हालसम्मको सबैभन्दा शक्तिशाली रकेट निर्माण गरेको छ।
अन्तरिक्षमा नाफा
अन्तरिक्षको यस दौडमा अन्य प्राइभेट कम्पनीले पनि नाफा देखेका छन्। यस वर्षको सुरुमा नासाले जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनसँग ३.४ बिलियन अमेरिकी डलरको सम्झौता गरेको थियो। यो सम्झौता ल्यान्डर बनाउनका लागि थियो। पछि यसलाई चन्द्रमा ल्यान्डरमा परिवर्तन गरिएको थियो।
यी दुई नीति कम्पनीले अमेरिकी सरकारको अर्बै डलरको सरकारी सहायताको लाभ उठाएका छन्। यसमा केही रकम केही हदसम्म चीन भन्दा अघि रहने प्रयासमा खर्च गरिँदै छ।
संसारको दुई ठूलो अर्थव्यवस्थाका बीच बढ्दो तनावमा अन्तरिक्ष होड पनि बढी रहेको छ।
यस वर्षको अगस्टमा भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको थियो। साथै चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ।
भारतको यस सफलता पछि नासाले चीनको अन्तरिक्ष कार्यक्रमलाई नजिकबाट हेरिरहेको छ।
आफ्नो अन्तरिक्षण स्टेशन भएको चीन मात्र एक देश हो। चीनले चन्द्रमाको नमूना पृथ्वीमा फिर्ता ल्याईसकेको छ। चीन चन्द्रमाको ध्रुवीय क्षेत्रमा पुग्ने योजना निर्माण गर्दैछ।
नेल्सन यसमा चिन्तित छन्, उनी भन्छन्, ‘म चिन्तित छु कि यदि हामीले चन्द्रमाको दक्षिणी ध्रुवमा पानी भेट्टायौं भने, चीन त्यहाँ गएर यो हाम्रो क्षेत्र हो र तपाई यहाँ आउन सक्नुहुन्न भनेर भन्ने छ।’
यसको समर्थनमा नेल्सनले साउथ चाइना सागरका केही भागमा आफ्नो दाबी बलियो बनाउन चीनले कृत्रिम टापुहरू निर्माण गरेको उदाहरण दिन्छन्।
चीनले अमेरिकी नेतृत्वको आर्टेमिस सम्झौतामा हस्ताक्षर नगरेको नेल्सन बताउँछन्। यस सम्झौताको उद्देश्य अन्तरिक्ष र चन्द्रमामा गतिविधिको लागि एक रूपरेखा सिर्जना गर्नु हो।
चीन भने अन्तरिक्षमा शान्तिपूर्ण खोजका लागि प्रतिबद्ध भएको बताउँदै आइरहेको छ। चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमको बारेमा अमेरिकी चिन्तालाई आफ्नो अन्तरिक्ष कार्यक्रमलाई बदनाम गर्ने अभियानको रूपमा खारेज गरेको थियो।
अन्तरिक्ष प्रतिस्पर्धामा नासाले ठूलो मात्रामा लगानी गरिरहेको छ। सेप्टेम्बर २०२१ सम्म नासाले ७१.२ अर्ब अमेरिकी डलर खर्च गरेको बताएको छ। यो अघिल्लो वर्षको भन्दा १०.७ प्रतिशत धेरै हो।
नेल्सन भन्छन्, ‘हाम्रो अर्चका एक चौथाई हिस्सा सानो व्यवसायमा भइरहेको छ।’
हार्वर्ड बिजनेस स्कूलमा अन्तरिक्ष अर्थशास्त्र पढाउने सिनेड ओ सुलिवान भन्छन्, ‘यो रकम सानो फर्मको वृद्धि विशेषगरी स्टार्टअप बढाउन सक्छ।’ सुलिवान नासाका पूर्व इन्जिनियर हुन्।
उनी भन्छन् कि सरकारले प्रायः स्टार्ट–अप कम्पनीहरूको पहिलो ग्राहकको रूपमा काम गर्छ। यी सम्झौताहरूले निजी लगानीकर्ताहरूलाई सम्पर्क गरेर थप पैसा उठाउन सकिने उनी बताउँछन्।
चन्द्रमामा फर्कने दौड धेरै उच्च प्रोफाइल हुन सक्छ। तर यसले धेरै लाभदायक हुन सक्ने अन्य अन्तरिक्ष गतिविधिहरूलाई द्रुत रूपमा प्रवद्र्ध्धन गर्न मद्दत गरेको छ।
रुस सन् १९५७ मा अर्बिटमा स्याटेलाइट स्थापना गर्ने पहिलो देश भनेको थियो। यसका लागि अमेरिका र रुसबीच प्रतिस्पर्धा थियो। युरोपेली अन्तरिक्ष एजेन्सीका अनुसार हाल १० हजार ५०० भन्दा बढी स्याटेलाइटले पृथ्वीको परिक्रमा गरिरहेका छन्।
अन्तरिक्षमा बढ्दो लगानी
चाड एन्डरसनले पछिल्लो दशकमा इनभेष्ट फर्म स्पेस क्यापिटल स्थापना गरेका थिए। अन्तरिक्ष क्षेत्रमा भएको तीवै विकासको श्रेय उनी स्पेसएक्सलाई दिन्छन्।
उनले भने, ‘आज हामी स्पेस इनभेष्टमेन्टको एक क्षेत्रको रुपमा कुरा गरिरहेका छौं। यसको एक मात्र कारण स्पेसएक्स हो। आज भन्दा करिब १० वर्षअघि पहिलो व्यावसायिक उडान नहुँदासम्म पुरै बजारमा सरकारको प्रभुत्व थियो।’
एनालिटिक फर्म ब्रीस्टेकका अनुसार अन्तरिक्षमा परिक्रमा गर्ने करिब आधा स्याटेलाइट पछिल्लो तीन वर्षमा प्रक्षेपण गरिएका हुन्।
यसको श्रेय उनी मुख्य रुपमा वन वेब र इलन मस्कको स्टालिंकलाई दिन्छन्।
एन्डरसन भन्छन्, ‘अन्तरिक्ष अर्थव्यवस्था सिर्फ रकेट र स्याटेलाइट हार्डवेयरभन्दा धेरै अधिक विस्तृत छ। यो अदृश्य मेरुदण्ड हो। जसले हाम्रो विश्वव्यापी अर्थव्यवस्थालाई शक्ति दिन्छ।’
अन्तरिक्षमा स्याटेलाइटहरूको बढ्दो संख्या र बढ्दो कम्पनीहरूले यी स्याटेलाइटहरूबाट उपलब्ध गराइने डाटाको लागि नयाँ प्रयोग खोजिरहेका छन्, जसमा कृषि, बीमा र शिपिंग उद्योगहरू समावेश छन्।
स्पेसएक्सलाई कसले चुनौती दिइरहेको छ?
न्युजिल्याण्डको रकेटल्याब अन्तरिक्ष अर्थतन्त्रको प्रमुख खेलाडी हो। यो स्पेसएक्सको प्रतिद्वन्द्वि कम्पनी हो। यो कम्पनीले हालसम्म ४० स्याटेलाइट लन्च गरेको छ। यसमा नासा र अन्य अमेरिकी एजेनसीको स्याटेलाइट समावेश छ।
रकेटल्याबका संस्थापक पिटर बेक पहिला भाडा माझ्ने मेसिनका इन्जिनियर थिए। अहिले उनी अन्तरिक्षमा स्याटेलाइट लन्च गर्दैछन्। उनी भन्छन् कि जब यो बाहिरी क्षेत्रीय आर्थिक सम्भावनाहरूको कुरा आउँछ, यो विशाल हिमश्रखंलको सानो टुक्रा मात्र हो।
उनी भन्छन्, लन्चमा करिब १० अर्ब अमेरिकी डलर खर्च हुन्छ। स्याटेलाइट निर्माणमा पनि करिब ३० अर्ब डलर लागत आउँछ। यसको प्रयोग पनि हुन्छ। जुन करिब ८३० अर्ब डलरको हुन्छ।’
यस्तो दाबी गर्ने उनी एक्लो छैनन्। अमेरिकी लगानी बैंक मोगर्न स्टेनलीका अनुमान अनुसार २०४० सम्म स्पेस अर्थव्यवस्था एक ट्रिलियन अमेरिकी डलर भन्दा धेरै हुनेछ।
प्रकाशित: १५ आश्विन २०८०, सोमबार