
काठमाडौं ।
एप्पलले प्राेडक्सन स्क्यामबाट बच्न प्रत्येक आईफोनमा साना क्यूआर कोडहरू प्रयोग गर्ने भएको छ। एप्पलले उत्पादन गुणस्तर सुधार गर्न र भौतिक फोहोर कम गर्न आईफोन स्क्रिनहरूमा क्यूआर कोडहरू लागू गरेको छ।
यी क्यूआर कोडहरूले प्रत्येक स्क्रिनमा कुँदिएका तथा एप्पललाई आपूर्तिकर्ता लेन्स टेक्नोलोजी र बाएल क्रिस्टलबाट आपूर्ति हुने स्क्रिनको गुणस्तर नजिकबाट निगरानी र मूल्याङ्कन गर्न सक्षम बनाउने छ। द इन्फर्मेसनको रिपोर्टकाअनुसार यो आविष्कारले मेटेरियल वेस्ट लाई ३० प्रतिशत बाट १० प्रतिशतसम्म घटाएको उल्लेख छ।
टेक जायन्टले आफ्नो आईफोन स्क्रिनका लागि एक नवीन बारकोड पहलमा ठूलो लगानी गरेको बताइएको छ। उनीहरूले प्रत्येक स्क्रिनमा एउटा बेजेलको भित्री किनारमा र अर्को सानो ०.२ मिमी नाप्ने अर्को स्थानमा गरी दुईवटा बारकोडहरू राखेका उल्लेख छ। यस पहलले स्क्रिनका त्रुटिहरूलाई ३० प्रतिशतबाट १० प्रतिशतसम्म घटाएको छ जसले एप्पलको लागि पर्याप्त लागत बचत गरेको छ।
यसले एप्पललाई उत्पादन गुणस्तरमा राम्रो नियन्त्रण पनि दिएको जसले आपूर्तिकर्ताहरूलाई दोषपूर्ण स्क्रिनहरू प्रयोग गर्नबाट रोकेको गिज्माेचाइनामा उल्लेख छ।
एप्पलले सुरुमा आईफोन स्क्रिनमा क्यूआर कोडहरू जोड्ने प्रयास गर्दा डिस्प्लेलाई कमजोर बनाउनुका साथै कोड स्थान नजिकै ड्रप परीक्षणको क्रममा क्र्याकहरू निम्त्याएकाले चुनौतीहरूको सामना गर्यो। यद्यपि, उनिहरूले नयाँ स्क्यानिङ विधिहरू विकास गर्दै ग्लासमा अत्यधिक गहिरो इचीङबाट बच्नका लागि माइक्रोस्कोपिक लेन्सहरू प्रयोग गरेर यी समस्याहरू पार गरेको बताइएकाे छ।
आईफोन स्क्रिनहरूमा क्यूआर कोडहरूले फरक उद्देश्यहरू पूरा गर्नेछन्। यसले आपूर्तिकर्ता निर्दिष्ट गर्ने तथा सम्भावित रूपमा स्पेसिफिक प्राेडक्सन ब्याचहरूमा संकुचित हुने उल्लेख छ। यो प्रगतिले उत्पादनको गुणस्तरमा सुधार गरेको तथा फोहोर घटाएको बताइएकाे छ। यसले कडा गुणस्तर नियन्त्रण कायम राख्न एप्पलको रणनीतिक प्रतिबद्धतालाई झल्काउँछ।
यसैबीच एप्पल इन्साइडरकाअनुसार, दुबै डिस्प्ले फर्महरूले जबरजस्ति श्रम प्रयोग गरेको आरोपको सामना गरेका छन्। एप्पलले यी दावीहरूलाई पर्याप्त रूपमा सम्बोधन नगरेको आरोप लगाइएको छ। यद्यपि, एप्पलले फर्महरू र उनिहरूको उत्पादन मुद्दाहरूको निगरानी गर्न जारी राखेकाे उल्लेख छ।
प्रकाशित: १५ आश्विन २०८०, सोमबार