फोरजी सेवाका प्रयोगकर्ता दुई करोड नजिक, सबैभन्दा धेरै फोरजी ग्राहक नेपाल टेलिकमको

  • Technology Khabar | १५ आश्विन २०८०, सोमबार
फोरजी सेवाका प्रयोगकर्ता दुई करोड नजिक, सबैभन्दा धेरै फोरजी ग्राहक नेपाल टेलिकमको

काठमाडौं ।

नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड नजिक पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदनअनुसार फोरजी प्रयोगकर्ता १ करोड ९९ लाख ६२ हजार १०७ जना देखिएको छ।

१ करोड २८ लाख ४७ हजार २०७ फोरजी प्रयोगकर्ता सहित नेपाल टेलिकम पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको एनसेल आजियाटाको फोरजी प्रयोगकर्ता ७१ लाख १४ हजार ९०० छन्।

बैशाखमा फोरजी प्रयोगकर्ता १ करोड ९७ लाख ८१ हजार ४८९ जना रहेका थिए। एक महिनाको अवधिमा फोरजी प्रयोगकर्ता १ लाख ८० हजार ६१८ अर्थात ०.९१ प्रतिशतले बढेका छन्।

बैशाखको तुलनामा जेठमा नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता १ लाख ६८ हजार १८९ र एनसेलको १२ हजार ४२९ ले बढेको प्राधिकरणको तथ्यांकमा देखिन्छ।

पछिल्लो समय दूरसञ्चार सेवा प्रदायकहरुले थ्रीजी प्रविधि भन्दा फोरजी प्रविधिमा लगानी विस्तार गरिरहेका छन्। यसको प्रभाव स्वरुप फोरजी प्रयोग गर्नेको संख्या बढ्दो क्रममा छ।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार