ब्ल्याक शार्कको विश्वव्यापी बजारको लागि नयाँ गेमिङ एक्सेसरीज घोषणा

  • Technology Khabar | १४ आश्विन २०८०, आईतवार
ब्ल्याक शार्कको विश्वव्यापी बजारको लागि नयाँ गेमिङ एक्सेसरीज घोषणा

काठमाडौं ।

शाओमीको गेमिङ आर्म ब्ल्याक शार्कले शुक्रबार कयौं गेमिङ एक्सेसरीज घोषणा गरेको छ। कम्पनीले ब्ल्याक शार्क एसवान स्मार्टवाच, वायरएवल फ्रन्टमा लुसिफर ओपन–इयर वायरलेस इयरफोनहरू छन्। यस्तै ग्रीन घोस्ट वायरलेस गेमप्याड र नयाँ स्मार्टफोन कूलर म्यागसेफ–कमप्याटिबल म्यागकुलर ३ प्रो पनि रहेको छ।

ब्ल्याक शार्क एस१ स्मार्ट वाचमा १.४३ इन्चको राउण्ड एमोएलईडी डिस्प्ले, मेटल बेजेल र आईपी६८ रेटिङमा उपलब्ध छ। यसमा अन डिभाइस ब्लूटूथ कलिङ र २४ घण्टा सात दिन हर्ट रेट र ब्लड अक्सिजन मोनिटरिङ छ। वाचले १०० भन्दा बढी स्पोर्ट मोर्ड ट्याक गर्न सक्ने र सामान्य प्रयोगमा १० दिनको ब्याट्री लाइफ रहेको ब्ल्याक शार्कको दाबी छ। ब्ल्याक शार्क एसवान एउटा ब्ल्याक कलरमा ५० अमेरिकी डलरमा उपलब्ध छ।

ब्ल्याक शार्क लुसिफर इयरफोनले १६.२ एमएम ड्राइभर, ब्लुटुथ ५.३ कनेक्टिभिटी र आईपीएसक्स४ वाटर रेजिस्टेन्स रेटिङसहितको ओपन–इयर डिजाइनमा उपलब्ध छ। एकल चार्जमा ७ घन्टा सुन्न र केसबाट तीनवटा फुल चार्जमा कुल ब्याट्रीको लाइफ २८ घण्टासम्म पुग्ने ब्ल्याक शार्कको दाबी छ। ब्ल्याक कलरमा उपलब्ध ब्ल्याक शार्क लुसिफरको मूल्य ४० अमेरिकी डलर तोकिएको छ।

म्यागकुलर ३ प्रो आईफोन १२ र सोभन्दा माथिका मोडलसँग कमप्याटिबल हुनुका साथै आरजीबी लाइटिङ इफेक्टमा उपलबध छ। ब्ल्याक शार्कले आफ्नो नवीनतम कूलरले आईफोनको सतहको तापक्रम ३५ डिग्री सेल्सियससम्म घटाउन सक्ने दाबी गरेको छ। शार्क आर्सेनल एप मार्फत फ्यानमाथि थप नियन्त्रणहरू पनि प्राप्त गर्न सकिन्छ। म्यागकुलर ३ प्रोको मूल्य ४० अमेरिकी डलर तोकिएको छ।

ब्ल्याक शार्क ग्रीन घोस्ट गेमप्याडले १ हजार हर्ट्ज पुलिङ रेटको साथ एक्सबक्स –स्ट्याइल लेआउट, ईस्पोर्ट्स एक्यूरेसी एमिङ र आल्प्स टाँसिने जोइस्टिकको विशेषता युक्त जोइस्टिकहरू र २ हजार–लेबल एक्यूरेसी प्रदान गर्ने दाबी गरिएको छ। ग्रीन घोस्ट कन्ट्रोलर सबै आधुनिक कन्सोलहरू, पीसी, म्याक, आईओएस र एन्ड्रोइड डिभाइसहरूसँग कमप्याटिबल छ। यसमा एन्टी–स्लिप एर्गोनोमिक डिजाइन र डुअल–स्टेज हल म्याग्नेटिक ट्रिगर बटनहरू र यूएसबी–सी मार्फत रिचार्ज गर्न सकिने एक हजार एमएएच ब्याट्री पनि छ।

ब्ल्याक शार्क ग्रीन घोस्ट कन्ट्रोलरको मूल्य १०० अमेरिकी डलर तोकिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

 

प्रकाशित: १४ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार