काठमाडौं ।
क्वालकमले स्न्यापड्रागन एआर जेन २ र एआर१ जेन १ भनिने आफ्नो नेक्स्ट–जेनरेसन (अर्को पुस्ता) को एआर/भीआर प्लेटफर्महरू घोषणा गरेको छ।
उक्त दुई प्लेटफर्महरूले एक्सटर्नल ब्याट्री प्याकको आवश्यकता नपर्ने पातलो र हल्का तौलका उपकरणहरू (थिन एण्ड लाईटवेट डिभाइसेस्) मा मिक्स्ड रियालिटी र भर्चुअल रियालिटी इनेबल गर्ने जनाइएको छ।
यसले अन्य ओईएमहरूलाई स्पेसको सेयर प्राप्त गर्ने मौका दिनेछ भने यसले एप्पलको भिजन प्रोको लन्चसँगै लोकप्रियतामा वृद्धि देख्नेछ।
स्न्यापड्रागन एआर जेन २ सम्भवतः दुई मध्ये अधिक रोचक चिप हुनेछ। यसले एमआर र भीआर डिभाइसहरूलाई यसको पूर्ववर्तीको तुलनामा २.५ एक्स बढी राम्रो जीपीयू पर्फमेन्स, ८ एक्स राम्रो एआई पर्फमेन्स, १० क्यामराहरु र सेन्सरहरू, २ एक्स ३के डिस्प्लेज र बोर्डमा नयाँ स्पेक्ट्रा आईएसपी समर्थन गर्ने उल्लेख गरिएको छ।
अर्कोतर्फ, स्न्यापड्रागन एआर१ जेन १ प्लेटफर्मलाई भने एमआर क्यापाबिलिटिजसहित लाईटवेट स्मार्ट ग्लासेस्को लागि लक्षित गरिएको छ। त्यस्का साथै यसले ग्लासेसबाट नै सीधा रुपमा रेकर्डिङ र लाइभ–स्ट्रिमिङ, भिजुअल सर्चेजको पर्फमेन्स र रियल–लाइफ ट्रान्सलेसन सक्षम गर्ने उल्लेख छ।
दुबै प्लेटफर्महरू मेटासँगको सहकार्यमा विकसित गरिएका हुन् भने मेटा डिभाइसहरूसँग यस वर्ष भित्र नै सकेसम्म छिटो डेब्यु पनि गरिने छ।
अन्य ओईएमहरूले पनि २०२४ को सुरुवातसँगै घोषणा हुने नयाँ चिपहरू प्रयोग गरेर आफ्नै डिभाइसेस् विकास गर्ने मौका पाउने उल्लेख गरिएको छ।
प्रकाशित: १४ आश्विन २०८०, आईतवार