सामसङ ग्यालेक्सी एफ ३४ अर्किड भायलेट कलर भेरियन्ट भारतमा लन्च

  • Technology Khabar | १४ आश्विन २०८०, आईतवार

काठमाडौं ।

सामसङ ग्यालेक्सी एफ ३४ अर्किड भायलेट  कलर भेरियन्ट भारतमा लन्च गरेको छ।

यसका साथमा ब्राण्डले एफ ३४ फाइभजी स्मार्टफोन नयाँ रंग भेरियन्ट प्रस्तुत गर्यो। इलेक्ट्रिक ब्ल्याक र मिस्टिक ग्रीनका पहिल्यै उपलब्ध थिए। नयाँ रंग भारतीय ईकमर्श फ्लीपकार्टको बिग बुलीयन डेज २०२३ मा बिक्री हुने बताइएकाे छ।

नयाँ कलर बाहेक स्मार्टफोनका अन्य सबै स्पेसिफिकेशन भने यथावत नै रहेका उल्लेख छ। सामसङ ग्यालेक्सी  एफ ३४ फाइभजी ६.५ इन्च फूल एचडी प्लस १२० हर्ज सुपर एमोलेड डिस्प्लेको साथ आउनेछ। यो गोरिल्ला ग्लास ५ बाट सुरक्षित  रह‍ेकाे बताइएकाे छ। साथै, यसले एक्सीनोस १२८० एसओसीको ६/८ जीबी र्याम र १२८ जीबी आन्तरिक भण्डारण भेरियन्टलाई बन्डल गर्छ।

५जी स्मार्टफोनले भारतमा सबै ५जी ब्यान्डहरूलाई समर्थन गर्ने तथा एन्ड्रोइड १३-आधारित वान यूआई ५.१ मा चल्ने उल्लेख छ। डिभाइसको लागि वान यूआई ६.० बीटा समर्थन केही देशहरूमा उपलब्ध छ।

सबै देशहरूमा डिभाइसको लागि आगामी केही महिनाहरूमा एक स्टेबल वान यूआई ६.० रोलआउटको आशा गरिएकाे छ। ६ जीबी प्लस १२८ जीबी भण्डारण कन्फिगरेसन भएको सामसङ ग्यालेक्सी एफ ३४ ५जी स्मार्टफोन हाल भारतीय रुपैयाँ १९,९९९ मा पाईने छ। फोन अक्टोबर ८  देखि लन्च हुने छ।

प्रकाशित: १४ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार