मेलम्चीका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था

  • Technology Khabar | १३ आश्विन २०८०, शनिबार
मेलम्चीका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था

काठमाडौं ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरेको छ। नगर प्रमुख आइतमान तामाङले मेलम्ची नगर पालिका–२ स्थित जाल्पादेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्युतीय हाजिरी (ई–हाजिरी) को शुभारम्भ गरे।

उक्त नगरपालिकाभित्र २१ ओटा सामुदायिक विद्यालय छन्। विद्यालयमा शिक्षकको अनियमितरूपमा हुने उपस्थिति कम गरी गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न ई हाजिरी प्रणाली सुरुवात गरिएको हो।

यस जिल्लाका १२ स्थानीय तहमध्ये मेलम्ची नगर पालिकाले विद्यालयमा ई हाजिरी प्रणाली सुरु गनेपहिलो स्थानीय तह बनेको छ।

ई हाजिरी सुरु भएपछि शिक्षक नियमित विद्यालय आउने गरेको मेलम्ची नगर शिक्षा शाखा प्रमुख सुधीनराज ढकालले बताए। गोरखापत्रबाट

प्रकाशित: १३ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १३ आश्विन २०८०, शनिबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १३ आश्विन २०८०, शनिबार

NOC from Nagarik App

  • १३ आश्विन २०८०, शनिबार

E-pension verification system launched

  • १३ आश्विन २०८०, शनिबार