प्लेस्टेशनका सीईओ जिम रायनले अर्को वर्ष सोनीबाट अवकाश लिने

  • Technology Khabar | १३ आश्विन २०८०, शनिबार
प्लेस्टेशनका सीईओ जिम रायनले अर्को वर्ष सोनीबाट अवकाश लिने

काठमाडौं ।

प्लेस्टेशनका सीईओ जिम रायनले मार्च २०२४ मा राजीनामा दिने भएका छन्। करिब ३० वर्षको सेवा पछि उनले कम्पनी छोड्न लागेका हुन्।

उनले सन् १९९४ मा प्लेस्टेशन सुरु हुनुभन्दा केही महिना अघि सोनीमा सामेल भई फेब्रुअरी २०१९ मा सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्ट (एसआईई) को सीईओको रूपमा पदभार ग्रहण गरेका थिए।

सन् २०२० मा लन्च भएको पीएस५ को सफलताका बाबजुत उनको अवकासको निर्णयलाई अप्रत्यासित रुपमा लिईएको बीबीसीले उल्लेख गरेको छ।

रायनले युरोपमा बस्ने र उत्तरी अमेरिकामा काम गर्दा आएका समस्याहरूले गर्दा छाड्ने निर्णय लिएको बताए।

‘मैले एक धेरै विशेष कम्पनीमा महान व्यक्तिहरू र अविश्वसनीय साझेदारहरूसँग काम गर्ने अवसर प्राप्त गरेको छु। मलाई मनपर्ने कामको आनन्द उठाएको छु,’ उनले एक विज्ञप्तिमा भने।

‘मैले ती उत्पादनमा काम गर्ने अवसर प्राप्त गरेको छु। जसले संसारभरका लाखौं मानिसको जीवनलाई प्रभावित गरेको छ। प्लेस्टेशन सँधै मेरो जीवनको हिस्सा हुनेछ। र, म एसआईईको भविष्यको बारेमा पहिला भन्दा धेरै आशावादी छु।’

सोनीको प्रमुख अपरेटिङ अफिसर हिरोकी तोटोकीले रायनको बिदाई पछि अन्तरिम सीईओको रूपमा कार्यभार सम्हाल्नेछन्।

प्रकाशित: १३ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १३ आश्विन २०८०, शनिबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १३ आश्विन २०८०, शनिबार

NOC from Nagarik App

  • १३ आश्विन २०८०, शनिबार

E-pension verification system launched

  • १३ आश्विन २०८०, शनिबार