थर्मल डिजाइनका कारण आईफोन १५ प्रो मा ओभरहिटिङ्गको समस्या

  • Technology Khabar | १३ आश्विन २०८०, शनिबार
थर्मल डिजाइनका कारण आईफोन १५ प्रो मा ओभरहिटिङ्गको समस्या

काठमाडौं ।

आईफोन १५ प्रो सिरिजका फोनहरू ओभरहिट भएको यस अघिका केहि रिपोर्टहरूले फेला परेको बताएका थिए। साथै मानिसहरूले लन्च भएदेखि नै हट–रनिङ प्रो मोडलहरूको बारेमा गुनासो गरिरहेको जीएसएमएरिनामा उल्लेख छ।

यसै क्रममा विश्लेषक मिङ्ग–ची कुओले एउटा नोट जारी गर्दै ओभरहिटिङ्गको लागि ए१७ प्रो चिपसेट दोषी नभएर थर्मल सिस्टमको डिजाइनमा एप्पलले गरेको त्रुटी नै यस ओभरहिटिङ्गको मुख्य कारण भएको निष्कर्ष निकालेको छ।

ए१७ प्रो टीएसएमसीको उन्नत नयाँ ३एनएम नोडमा बनाइएको हुनाले यो चिपसेट धेरै इफिसियन्ट रहेको तर स्पष्टरूपमा अझै पनि फोनले डिसीपेट गर्न सक्ने भन्दा बढी हिट आउटपुट (ताप उत्पादन) गर्ने उल्लेख गरिएको छ।

नयाँ आईफोन प्रो मोडलहरूको तौल हल्का बनाउनका लागि भनेर एप्पलले गरेको प्रयास नै यहाँ ओभरहिटिङ्गको मुख्य कारण भएको दाबी छ। एप्पलले हिट डिसिपेसन एरिया घटाउन परेको र त्यस्ले गर्दा टाइटेनियमको हाईयर हिट कन्डक्टिभिटीले नयाँ चिपसेटको लागि खराब हिट म्यानेजमेन्ट (ताप व्यवस्थापन) को परिणाम हुन गएको उल्लेख गरिएको छ।

एप्पलले सम्भवतः सफ्टवेयर अपडेटको साथ थ्रोटलिङ समस्याहरूलाई सम्बोधन गर्ने जनाइएको छ । तर यसले समस्यालाई समाधान गर्न नसक्ने र केवल व्यवस्थापन मात्र गर्न सक्नेछ।

सफ्टवेयर अपडेटको साथ फोनलाई अत्यधिक तात्नबाट रोक्नको लागि अब एक मात्र तरिका भनेको यसको पर्फमेन्सलाई सीमित गर्ने र पावर रिक्वायरमेन्टस् (आवश्यकताहरू) कम गर्ने भएको र यसले गर्दा यसले कम तातो उत्पन्न गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १३ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...