सीजीनेटको ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक, तीन गुणा गति, क्याशब्याक र सीजी स्मार्ट टिभी अफरमा

  • Technology Khabar | १२ आश्विन २०८०, शुक्रबार
सीजीनेटको ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक, तीन गुणा गति, क्याशब्याक र सीजी स्मार्ट टिभी अफरमा

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासँग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ।

नजिकिँदो महान चाड दशैँ र क्रिकेट विश्वकपलाई दृष्टिगत गर्दै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ। सीजी डिजिटल र सीजीनेट विचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्।

साथै योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै रु. ३२,८५९ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टिभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन्। यो वास्तविक मूल्यको आधा हो।

त्यसैगरी ३२ ईञ्चको सीजी स्मार्ट टिभी, रु. २२,६४४ मा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट प्लस आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्नेछन्।

सीजी स्मार्ट टिभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्। साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा रु. ५ सय सम्मको क्याशब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...