आइएमई पे बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

  • Technology Khabar | १२ आश्विन २०८०, शुक्रबार
आइएमई पे बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

काठमाडौं ।

डिजिटल वालेट “आइएमई पे” मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लान (Systematic Investment Plan (SIP) को रकम  भुक्तानी गर्न सक्ने भएका छन्।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटलको एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड (NIC Asia Dynamic Debt Fund) तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको (Kumari Sunaulo Lagani Yojana) को सिप इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

 

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी  लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै  आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मी ले बताएका छन्।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १२ आश्विन २०८०, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १२ आश्विन २०८०, शुक्रबार

NOC from Nagarik App

  • १२ आश्विन २०८०, शुक्रबार

E-pension verification system launched

  • १२ आश्विन २०८०, शुक्रबार