Technology Khabar १२ आश्विन २०८०, शुक्रबार
काठमाडौं ।
यस वर्ष सबैभन्दा प्रत्याशित गेम टाइटल मध्ये एक काउन्टर-स्ट्राइक २ (सीएस२) रिलिज भएको छ। काउन्टर-स्ट्राइकको विकासकर्ता भल्भले बिहीबार आधिकारिक रुपमा काउन्टर-स्ट्राइक २ रिजिल गरेको छ। सीएस२ सुधारिएको स्मोक ग्रेनेड, रिडिजाइन म्याप र सुधारिएको नेटवर्क फिचरसहित प्रमुख अपडेटहरुका साथ ल्याइएको छ।
वर्षैको रुमर्स पछि भल्भले मार्चमा सिमित टेस्ट सुरु गर्दै सीएस२ घोषणा गरेको थियो। तत्कालिन समयमा लिमिटेड बिटा टेस्टिङ हाई र्याकिङ प्यलेयर्स, स्ट्रीमर्स र कन्नेन्ट क्रेटर्सका लागि उपलब्ध गराइएको थियो। अब भने सबैले निःशुल्क डाउनलोड गरेर काउन्टर-स्ट्राइक २ खेल्न सक्ने कम्पनीले जानकारी दिएको छ।
काउन्टर-स्ट्राइक २ अपग्रेड जस्तो महसुस गर्दैन, तर पूर्ण रूपमा फरक गेम जस्तै लाग्ने जीएसएमएरिनाले उल्लेख गरेको छ। अपडेटेड गेम भल्भको सोर्स २ इन्जिनमा आधारित छ। जसले गेमलाई अति आवश्यक फेसलिफ्ट, रिवक्र्ड अडियो, यूआई एनह्यान्समेन्ट र अपग्रेड कम्युनिटी टुल्स प्रदान गर्छ।
त्यहाँ एउटा नयाँ ‘टिक-रेट-इनडिपेन्डेन्ट गेमप्ले’ पनि छ। यसलाई भल्भले सर्भरहरूको लागि ‘गति सुरु भएको, शट निकालेको, वा ‘नेड थ्रो भएको’ भन्ने सही रुपमा तुरुन्तै थाहा पाउने तरिकाको रूपमा वर्णन गरेको छ।
प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार