Technology Khabar १२ आश्विन २०८०, शुक्रबार
काठमाडौं ।
एचपी र गुगलले क्रोमबुक भारतमा उत्पादन गर्न सहकार्य घोषणा गरेको छन्।
एक प्रेस विज्ञप्ति अनुसार, यो साझेदारीले भारतमा डिजिटल शिक्षा ल्याडस्केप (परिदृश्य)लाई बलियो बनाउने, शैक्षिक अधिकारीहरू, विद्यालयहरू र संस्थाहरूमा सस्तो, सुरक्षित, र उच्च स्तरको कम्प्युटिङ डिभाइसहरू पहुँचयोग्य बनाउने साझा लक्ष्यलाई अगाडि बढाउने लक्ष्य राखेको छ, र विद्यार्थीहरूको सिकाई अनुभवलाई अझ बढी सशक्त बनाउने छ।
क्रोमबुक डिभाइस चेन्नई नजिकै अवस्थित फ्लेक्स सुविधामा बनाइनेछ। यहाँ एचपीले अगस्ट २०२० देखि विभिन्न ल्यापटप र डेस्कटपहरू उत्पादन गर्दै आइरहेको छ। एचपीले क्रोमबुकको उत्पादन २ अक्टोबर २०२३ देखि सुरु गर्ने लक्ष्य लिएको छ।
एचपी इन्डिया पर्सनल सिस्टम्सका वरिष्ठ निर्देशक विक्रम बेदीले भने, ‘एचपी डिजिटल इक्विटीलाई अगाडि बढाउन प्रतिबद्ध छ, र हामीले भारतभर डिजिटल शिक्षा सक्षम गर्न धेरै पहलहरू चलाइरहेका छौं। भारतमा क्रोमबुक ल्यापटपहरू निर्माण गर्दा भारतीय विद्यार्थीहरूलाई किफायती पीसीहरूमा सजिलो पहुँच प्राप्त गर्न अनुमति दिनेछ। हाम्रो उत्पादन कार्यलाई थप विस्तार गरेर, हामी सरकारको मेक इन इन्डिया पहललाई समर्थन गर्न जारी राख्छौं।’
कम्पनीका अनुसार एचपीले सन् २०२० देखि भारतमा आफ्नो उत्पादन गतिविधि विस्तार गरेको छ। डिसेम्बर २०२१ देखि एचपीले एचपी इलाईबुक्स, एचपी प्रोबुक्स र एचपी जी८ सिरिजहरुका नोटबुकहरु भारतमा उत्पादन गर्दै आयरुेहको छ। यसबाहेक एचपीले डेस्कटप मिनी टावरहरू (एमटी), मिनी डेस्कटपहरू (डीएम), स्मल फारम फ्याक्टर (एसएफएफ) डेस्कटपहरू, र एल–इन–वान पीसी सहित व्यावसायिक डेस्कटपहरूको विभिन्न मोडेलहरू समावेश गरेर आफ्नो उत्पादन विस्तार गरेको छ। यी उत्पादनहरूले इन्टेल र एएमडी प्रोसेसर दुवैको विकल्प प्रदार गर्छ र विविध ग्राहक आधारलाई पूरा गर्ने लाइभमिन्टले उल्लेख गरेको छ।
प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार