Technology Khabar १२ आश्विन २०८०, शुक्रबार
काठमाडौं ।
एप्पलले २०२४ को लागि ३ एनएम चिपसेट अर्डर कटौती गर्ने विश्लेषक मिङ-ची कुओले बताएका छन्। विश्लेषक कुओकाअनुसार स्मार्टफोन चिपसेट बजारको निकट भविष्य अन्धकार देखिन्छ।
पछिल्लो रिपोर्ट अनुसार, एप्पलले ३ एनएम चिप्सको माग घटाउँदै गरेको तथा क्वालकमले पनि उत्पादन फिर्ता गर्ने बताइएको छ। यसले डच एसएमएललाई २०२४ को लागि इयूभी डिभाइस ढुवानी लगभग २०/३० प्रतिशत कटौती गर्न धकेल्ने उल्लेख छ।
कुओले हालको मार्केट कन्सेन्सस सेमिकन्डक्टर व्यवसाय यस वर्षको अर्धवार्षिकीमा तल झर्ने खुलासा गरे। गिरावट सन् २०२४ को दोस्रो त्रैमाससम्म फैलिन सक्ने बताइएको छ।
एसएमएल (एडभान्स्ड सेमीकन्डक्टर मटेरियल लिथोग्राफी), एउटा कम्पनी जसको मुख्यालय वेल्डहोभन, नेदरल्याण्ड्समा छ। यो विश्वव्यापी चिपसेट फाउन्ड्रीहरूको लागि प्रमुख उपकरण आपूर्तिकर्ता हो। कम ढुवानीको लागि यसको पूर्वानुमानमा तीन प्रमुख कारणहरू रहेका कुओले लेखे।
पहिलाे डब्ल्यूएफएच (वर्क फ्रम होम) को तीव्र गिरावट पछि एप्पलले म्याकबुक र आईप्याड डिभाइसहरूका लागि घट्दो मागको सामना गरिरहेको उल्लेख छ। नयाँ एप्पल चिप्स र मिनी एलईडी स्क्रिनहरू ग्राहकहरूलाई नयाँ डिभाइसहरूमा स्विच गर्न पर्याप्त नभएको, कुपर्टिनोले पठाइएका ल्यापटपहरूमा ३० प्रतिशत गिरावट (आर्थिक वर्षको लागि कुल १७ मिलियन) पोस्ट गरेकाे, र पठाइएका आईप्याडहरूमा २२ प्रतिशत कमी (४८ मिलियन)रहेकाे बताइएकाे छ।
ह्वावेले फाइभजी मोडमको साथ वा सान डिएगो कम्पनीबाट चिप्स सोर्सिङ रोक्ने निर्णयका कारण क्वालकमबाट ३ एनएम चिप्समा रुचि पनि कम रहेको उल्लेख छ। त्यहाँ सामसङद्वारा एक्सीनोस २४०० चिप्सको अपेक्षित हाइयर पेनीट्रेसन पनि रहेकाे, जसले क्वालकमको समग्र पूर्वानुमानलाई हानि पुर्याइरहेको छ।
सामसङको ३जी एपी प्लस र इन्टेलको २०ए प्रक्रियाहरूको माग अपेक्षा गरेभन्दा कम रहेकाे छ। सामसङ, माइक्रोन, र एसके हाइनिक्सले २०२५-२०२७ सम्म मेजर मेमोरी एड्भान्समेन्ट सुरु गर्ने अपेक्षा गरिएको छैन।
प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार