एप्पलद्वारा आफ्नो इकोसिस्टम प्रतिस्पर्धीलाई पनि खुल्ला गर्न ईयू कमिस्नरको आग्रह

  • Technology Khabar | १२ आश्विन २०८०, शुक्रबार
एप्पलद्वारा आफ्नो इकोसिस्टम प्रतिस्पर्धीलाई पनि खुल्ला गर्न ईयू कमिस्नरको आग्रह

काठमाडौं ।

युरोपेली संघको कार्यकारी शाखा युरोपेली आयोगले ठूला कम्पनीहरूलाई उनीहरूले बजार शक्तिको दुरुपयोग गर्नबाट रोक्नको लागि उच्च स्तरको प्रतिस्पर्धा सुनिश्चित गर्न भनेर डिजिटल मार्केट एक्ट (डीएमए) लागू गरेको छ।

त्यस लक्षित कम्पनीहरू मध्ये एक एप्पललाई कमिस्नर अफ इन्टर्नल मार्केट (आन्तरिक बजार आयुक्त) थियरी ब्रेटनले प्रतिस्पर्धीहरूलाई इकोसिस्टम खोल्न आवश्यक भएको टिम कुकसँग बताए।

ब्रसेल्समा एप्पलका सीईओ कुकलाई भेटेर एप्पलले आईफोन प्रयोगकर्ताहरूलाई इलेक्ट्रोनिक वालेट्स, ब्राउजर्स वा एप स्टोर्स जस्ता प्रतिस्पर्धी सेवाहरूबाट फाइदा लिन अनुमति दिनुपर्ने भनेका हुन्।

यद्यपी कुकले सुरक्षा र गोपनीयताको बारेमा सवाल उठाउँदै अस्वीकार गरेका छन्। तर ईयू प्रमुखले कुनै पनि खतरामा नपरिकन डीएमएले इनोभेसनलाई बढावा दिने काम गर्ने बताएको उल्लेख छ।

हालसम्म अल्फाबेट, अमेजन, एप्पल, बाइटडान्स, मेटा, र माइक्रोसफ्ट गरी कुल ६ ओटा कम्पनीहरूलाई गेटकिपर्सको रूपमा तोकिएको र तिनीहरुले आफ्नो डिजिटल प्रोडक्टस् एण्ड सर्भिसेस् (उत्पादनहरू र सेवाहरू) एक्ट (ऐन) मा अनुकूलित गर्नुपर्नेछ।

युरोपेली आयोगको वेबसाइटका अनुसार गेटकिपर्सले तेस्रो पक्षहरूलाई कम्पनीहरूको आफ्नै सेवाहरू भित्र अन्तरक्रिया गर्नका लागि अनुमति, व्यापार प्रयोगकर्ताहरूलाई तिनीहरूद्वारा उत्पन्न डाटा पहुँच गर्न अनुमति र व्यवसायहरूलाई प्लेटफर्म बाहिर कन्ट्र्याक्टस् र डिल (सम्झौताहरू) पूरा गर्न अनुमति प्रदान गरोस् भन्ने डीएमएले चाहेको उल्लेख गरिएको छ।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार