शाओमी १४ प्रो १२० वाट चार्जिङ सपोर्टको साथ प्रमाणित

Technology Khabar ११ आश्विन २०८०, बिहीबार

काठमाडौं ।

शाओमीले आफ्नो १४ सिरिज लन्च गर्नु अघि नै कानुनी बाधाहरू हटाएको र लाइनअपको प्रो मेम्बरले पनि भर्खरै ३सी प्रमाणिकरण प्राप्त गरेको छ। मोडल नम्बर २३११६पीएन५बीसी भएको स्मार्टफोनले आफ्ना दुई पूर्ववर्तीहरूले जस्तै १२० वाट वायर्ड (तारयुक्त) चार्जिङलाई समर्थन गर्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

३सी अर्थात चाइनिज कम्पल्सरी सर्टिफिकेसन (चिनियाँ अनिवार्य प्रमाणीकरण) मा देखा पर्नुको अर्थ फोनले म्यान्डेटरी टेस्टिङ्ग (अनिवार्य परीक्षण) पास गरेको र बजार उपलब्धता तर्फ अर्को पाइला सारेको बुझ्न सकिन्छ।

९० वाट चार्जिङको साथ शाओमी १४ आउँदैछ भनेर यसअघि नै थाहा भइसकेको र यो १३ सिरिजहरूमा अपग्रेड रहेको छ। तर निर्माताले प्रो भेरियन्टको लागि भने १२० वाट ठिक रहने बताएको उल्लेख छ।

क्वालकमले अक्टोबर २४ मा आफ्नो स्न्यापड्रागन ८ जेन ३ चिपसेट घोषणा गरे पश्चात शाओमी १४ सिरिज नोभेम्बरमा आउने अपेक्षा गरिएको छ। चीनमा नोभेम्बर ११ मा ठूलो किनमेल बिदा हुने र यसलाई सिंगल्स डे भनिने गरिएको र शाओमीले पनि त्यसको लागि समयमै फ्ल्यागशिपहरू तयार गर्ने सम्भावना रहेको छ।

शाओमीले ब्यान्डवागनमा जम्प गर्ने र स्थानीय उपभोक्ताहरू खर्च गर्ने मोडमा रहँदा ठीक समयमा आफ्नो फ्ल्यागशिप प्रस्तुत गर्ने सम्भावना भएको उल्लेख गरिएको छ। यद्यपि अन्तर्राष्ट्रिय लन्चको लागि भने केही समय लाग्न सक्ने जनाइएको छ।

यसअघिको सिरिजलाई स्थानीयबाट विश्वव्यापी तहमा जानको लागि २ महिनाभन्दा बढी समय लागेको हुनाले १४ लाइनअपमा पनि समान विकासको आशा गर्न सकिने उल्लेख गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया