रेडमी नोट १३आर प्रो ३३ वाट फास्ट चार्जिङ सपोर्टको साथ आउने

Technology Khabar ११ आश्विन २०८०, बिहीबार

काठमाडौं ।

शाओमीको सब–ब्रान्ड रेडमीले गत हप्ता चीनमा नोट १३ सिरिज घोषणा गरेको थियो। सो लाइनअपमा स्ट्याण्डर्ड, प्रो र प्रो प्लस भेरियन्टहरू समावेश रहेको उल्लेख गरिएको छ। नोट १३ फ्यामलीमा नोट १३आर, नोट १३आर प्रो र नोट १३ टर्बो सहित थप अन्य केही मोडलहरू पनि भएको अनुमान गरिएको छ।

यसै क्रममा अब एक नयाँ रेडमी फोन चीनको ३सी सर्टिफिकेसन (प्रमाणीकरण) वेबसाइटमा देखा परेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

थ्री सी सर्टिफिकेसन (प्रमाणीकरण) प्लेटफर्ममा देखा परेको रेडमी फोनको मोडल नम्बर २३११एफआरएएफडीसी रहेको उल्लेख गरिएको छ। साथै उक्त फोन रेडमी नोट १३आर प्रो हुन सक्ने जनाइएको छ। लिस्टिङका अनुसार यस स्मार्टफोनले ३३ वाट म्याक्स चार्जिङ स्पिडलाई सपोर्ट गर्ने बताइएको छ।

मंगलबार एक रिपोर्टले आईएमईआईमा देखा परेका मोडल नम्बरहरू २३१२डीआरएएफ३जी र २३१२डीआरएएफ३आई सहितको दुई पोको–ब्रान्डेड डिभाइसहरू विश्वव्यापी बजारमा आउने खुलासा गरेको थियो। ती मोडल नम्बरहरूलाई हेर्दा ३सी सर्टिफिकेसन (प्रमाणीकरण) मा रहेको लिस्टिङले रेडमी नोट १३आर प्रो विशेष गरी चिनियाँ बजारको लागि भएको संकेत गरेको उल्लेख छ। साथै यो फोनलाई विश्व बजारमा पोको एक्स६ फाइभजीको रूपमा डेब्यु गर्ने अनुमान छ।

त्यसैगरी रेडमी नोट १३आर प्रो मा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा रहने एक टिपस्टरले खुलासा गरेका छन्। साथै फोनले स्ट्याण्डर्ड रेडमी नोट १३आरको जस्तै केही की स्पेसिफिकेसनहरू सेयेर गर्ने उल्लेख गरिएको छ। त्यसैगरी यो फोनलाई फरक नामको साभ भारतमा पनि लन्च गरिने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया