
काठमाडौं ।
गुगलले पोर्चुगल, बर्मुडा र संयुक्त राज्य अमेरिकालाई जोड्ने नूभेम नामक नयाँ अन्डरवाटर केबल निर्माण गरिरहेको छ।
यस केबलले एट्लान्टिक पार गर्ने व्यक्ति र व्यवसायहरूको लागि इन्टरनेटको गति र विश्वसनीयता सुधार गर्ने कम्पनीले बताएको छ। यो बर्मुडालाई युरोपसँग जोड्ने पहिलो केबल पनि हुनेछ।
नयाँ केबल पथले अन्तर्राष्ट्रिय मार्ग विविधता थप्नेछ र महादेश र संलग्न देशहरूको लागि सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधारको विकासलाई समर्थन गर्ने गुगलले उल्लेख गरेको छ।
सन् २०२६ मा सेवाको लागि तयार हुने अपेक्षा गरिएको, नूभेमले गुगल प्रयोगकर्ताहरू र विश्वभरका गुगल क्लाउड ग्राहकहरूको लागि क्षमता, विश्वसनीयता बढाउन र विलम्बता घटाउने बताईएको छ।
“फिर्मिना र ईक्वाइनो सँगसँगै, यसले उत्तरी अमेरिका, दक्षिण अमेरिका, युरोप र अफ्रिकालाई जोड्ने महत्त्वपूर्ण नयाँ डाटा कोरिडोरहरू सिर्जना गर्नेछ। यसले अन्डरवाटर रुटको रूपमा सेवा गर्नेछ जसले विश्वभरका मानिसहरू र अर्थतन्त्रहरूलाई एकसाथ ल्याउने क्रममा अन्तरमहादेशीय नेटवर्क जालीलाई बलियो बनाउँछ,” गुगल क्लाउडका ग्लोबल नेटवर्क इन्फ्रास्ट्रक्चर भीपी ब्रायन क्वाइग्लेले भने।
प्रकाशित: ११ आश्विन २०८०, बिहीबार