Technology Khabar ११ आश्विन २०८०, बिहीबार
काठमाडौं ।
एप्पलले हालै आफ्नो आईफोन १५ सिरिज लन्च गरेको छ तर आगामी आईफोन १६ सिरिजको समाचारहरु आउन थालिसकेका छन्। नयाँ जानकारीअनुसार आईफोन १६ क्याप्चर बटनको साथ आउने भएको छ।
आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सले केहि हप्ता अघि म्यूट स्विचलाई प्रतिस्थापन गर्दै अन्य धेरै कार्यहरू गर्न सक्ने क्षमताका साथ एक्शन बटन अनावरण गरेको थियो।
यद्यपि, म्याकरुमर्सकाअनुसार, अर्को वर्षको आईफोन १६ शृङ्खला पनि क्याप्सिटिव बटनको साथ आउने भएको छ। यसलाई आन्तरिक रूपमा “क्याप्चर बटन” भनिन्छ र “प्रोजेक्ट नोभा” कोड नाम दिइएको उल्लेख छ।
यस नयाँ बटनको उद्देश्य तथा क्याप्चर बटनले के गर्न सक्छ भन्ने बारे रिपोर्टमा कुनै विवरण छैन। यद्दपी यस क्याप्चर बटनले आईफोन एसईमा फिजिकल बटनको प्रेसको नक्कल गर्दै होम बटन जस्तै काम गर्ने अपेक्षा गरिएको छ।
समाचारअनुसार स्रोतले क्याप्चर बटनमा फोर्स सेन्सर कार्यक्षमता हुने पनि दाबी गरेको छ। यसबाहेक, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा मात्रै रहेको एक्सन बटनको विपरीत, क्याप्चर बटन सम्पूर्ण आईफोन १६ शृङ्खलामा फिचर हुनेछ, अर्थात् भ्यानिला र प्लस मोडलहरूले पनि यो प्राप्त गर्नेछन्।
क्याप्चर बटनको अतिरिक्त, आईफोन १६ शृङ्खलाले “प्रोजेक्ट एटलस” भनिने क्यापेसिटिव एक्शन बटन प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसमा क्याप्चर बटन जस्तै डिजाइन हुने तथा ह्याप्टिक फिडब्याक प्रदान गर्न स्ट्रेन गेजहरू र रिलक्टेन्स मोटरहरू प्रयोग गर्न सकिने उल्लेख छ।
यसबाहेक, आईफोन १६ मा आईफोन १२ जस्तै भर्टीकल क्यामरा एरेन्जमेन्टको साथ पुन: डिजाइन गरिएको क्यामरा बम्प हुने अपेक्षा गरिएको छ, जबकि आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सले क्रमशः ५.३ इन्च र ६.९ इन्च स्क्रिनहरू प्याक गर्नेछ। त्यो उनिहरूको पूर्ववर्तीहरू भन्दा ०.२ इन्च ठूलो हो।
आईफोन १६ र आईफोन १६ प्लस क्यामराहरू स्ट्याक्ड ओरियन्टेसनमा फर्किनेछन्। यो स्पेटिअल भिडियो खिच्नको लागि उपयोगी हुन सक्नेछ, जुन अझै आईफोन १५ प्रो मा आउँदैछ।
यो प्लेसमेन्ट एप्पलबाट बन्द गरिएको आईफोन ११ स्मार्ट ब्याट्री केससँग मिल्नेछ जसमा डेडीकेटेड क्यामरा बटन रहेको बताइएको छ।त्यो कार्यक्षमता अब एक्शन बटनसँग मेल खाने उल्लेख छ। तर म्यूट स्विचको लागतमा रहेको बताइएको छ। तल्लो दायाँ छेउको प्लेसमेन्ट पनि माथिल्लो बायाँ तिर भन्दा शटर बटनको साथ अधिक आइडल छ।
एप्पलले एप्पल भिजन प्रोमा स्पेटीअल तस्बिरहरू र भिडियोहरू खिच्नका लागि डेडीकेटेड बटन पनि सुविधा दिने उल्लेख छ।
प्रकाशित: ११ आश्विन २०८०, बिहीबार