Technology Khabar ११ आश्विन २०८०, बिहीबार
काठमाडौं ।
शाओमीले बिल्ट–इन क्युरिङ र एआई–पावर्ड स्लाइसिङ सहितको ‘मिजिया थ्रीडी प्रिन्टर’ नामक एक डेस्कटप थ्रीडी प्रिन्टर आधिकारिक रूपमा लन्च गरेको छ।
यस नयाँ प्रिन्टरको मूल्य हाल १,९९९ युआन (लगभग ३०० अमेरिकी डलर) तोकिएको छ तर यसको सुरुवाती मूल्य १,८९९ युआन रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
मिजिया थ्रीडी प्रिन्टर यूनिक भएकाले यसले सिङ्गल डिभाइस (एउटै उपकरण) मा थ्रीडी प्रिन्टिङ र क्युरिङलाई संयोजन गर्ने उल्लेख छ। यसको अर्थ प्रयोगकर्ताहरूले सिङ्गल डिभाइसमा नै आफ्ना मोडलहरू प्रिन्ट गर्न र सुरक्षा गर्न सक्नेछन्।
साथै प्रिन्टर प्रि–लेभल्ड (पूर्व–स्तर) मा आउने भएकाले कुनै किसिमको एसेम्बलीको आवश्यक नपर्ने र प्रयोगकर्ताहरूले तुरुन्तै प्रिन्टिङ सुरु गर्न सक्नेछन्।
शाओमीले प्रिन्टरको क्युरिङ सिस्टम विशेष गरी जटिल संरचनाहरूको लागि डिजाइन गरिएको बताएको छ। यसले प्रिन्टेड मोडल तहअनुसार सुदृढ पार्न विशेष वातावरण–मैत्री उपभोग्य वस्तुहरूसँग नजिकबाट काम गर्ने र यसलाई थप बलियो र स्थिर बनाउने उल्लेख गरेको छ।
मिजिया थ्रीडी प्रिन्टरमा प्रोफेस्नल–ग्रेड इन्टेलिजेन्ट कन्जुमेबल म्यानेजमेन्ट सिस्टम (व्यावसायिक–ग्रेड बुद्धिमान उपभोग्य व्यवस्थापन प्रणाली) पनि फिचर गरिएको छ। यस प्रणालीमा अटोमेटिक (स्वचालित) फिडिङ र रिटर्निङको साथ एक इन्डिपेन्डेन्ट मेटेरियल कार्टिज कम्पार्टमेन्ट समावेश गरिएको हुनाले म्यानुअल लिक्विड फिलिङ्ग र रिसाइक्लिङ्गको आवश्यकतालाई हटाएको छ। त्यसैगरी प्रिन्टरको एआई–पावर्ड स्लाइसिङ प्रणालीले स्वचालित रूपमा प्रिन्टिङ (मुद्रण) प्यारामिटरहरू समायोजन गर्ने भएकाले प्रयोगकर्ताहरूले जटिल स्लाइसिङ नलेज सिक्न पर्ने आवश्यकतालाई हटाउने छ।
प्रिन्टरले उच्च गुणस्तरको प्रिन्टहरू लगातार उत्पादन गर्ने बारे सुनिश्चित गर्ने उल्लेख छ। त्यसैगरी, यो बिल्ट–इन वासिङ्ग फिचरको साथ आउने र यसले सेफ्टि र वातावरणीय गुणस्तर निरीक्षण पार गरेकोछ।
प्रकाशित: ११ आश्विन २०८०, बिहीबार