एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

Technology Khabar १० आश्विन २०८०, बुधबार

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए ।

हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए । दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्नेछन् ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । रक्तदान विश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भाग हो र यसले विशेष गरी आपतकालीन अवस्थामा धेरैको जीवन बचाउन मद्दत गर्दछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । “स्थानिय बासिन्दा र हाम्रा ग्राहकहरूसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौं । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानव जीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । यो हामी सधैं नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।”

एनसेलले ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ।

प्रकाशित: १० आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया