
काठमाडौं ।
सर्च जायन्ट गुगलले आज (बुधबार) आफ्नो २५ औं जन्मदिन विशेष डूडल बनाएर मनाइरहेको छ। गुगल इंक ४ सेप्टेम्बर १९९८ मा स्थापित भएको थियो, तर पछिल्लो एक दशकदेखि कम्पनीले २७ सेप्टेम्बरमा आफ्नो जन्मदिन मनाउँदै आएको छ।
त्यसैले आज, कम्पनीले ‘वाक डाउन मेमोरी लेन’ को सुरुवात गरेको छ र यस विशेष अवसरलाई मनाउन विभिन्न डूडलहरू प्रदर्शन गरेको छ। २५ औं जन्मउत्सवलाई कम्पनीले आफ्नो डूडल गुगललाई जी२५जीएलईमा परिवर्तन गरेको छ।
स्थापनाकाल देखि २०१५ सम्म गुगलको सीईओको रुपमा सहसंस्थापक ल्यारी पेज प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा रहेका थिए। सन् २०१५ अक्टोरब २४ देखि भारतीय मुलुका सुन्दर पिचाइ गुगलको सीईओको रुपमा कार्यरत छन्।
गुगलले सर्च इन्जिन सहित २७१ ओटा उत्पादन आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आइरहेका छन्। गुगलका चर्चित उत्पादनहरु मध्येमा गुगल सर्च इन्जिन, गुगल क्रोम, जिमेल, एन्ड्रोइड, यूट्युब, गुगल एडसेन्स, गुगल ड्राइभ, गुगल एड, गुगल म्याप, गुगल डकुमेन्ट, पिक्सल स्मार्टफोन लगायत छन्।
इन्टरनेट प्रयोगकर्ताका माझ गुगल सर्च इन्जिन सबैभन्दा चर्चित रहेको छ। कुल बजारको ६० प्रतिशतभन्दा धेरै हिस्सा गुगल सर्च इन्जिनले लिएको छ।
प्रकाशित: १० आश्विन २०८०, बुधबार