निसानको नयाँ कन्सेप्ट इलेक्ट्रिक कार सार्वजनिक

  • Technology Khabar | १० आश्विन २०८०, बुधबार
निसानको नयाँ कन्सेप्ट इलेक्ट्रिक कार सार्वजनिक

काठमाडौं ।

लन्डनमा आफ्नो डिजाइन स्टुडियोको २० वर्ष पूरा भएको उत्सव मनाउँदै निसानले ‘कन्सेप्ट २०–२३’ नामक नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ।

निसानको यो ‘कन्सेप्ट २०–२३’ अर्को एउटा इलेक्ट्रिक भेहिकल (ईभी) मात्र नभएर यो फर्मुला ई रेसिङ, अनलाइन गेमिङ, र प्र्याक्टिकल सिटि ड्राइभिङको मिश्रण भएको जनाईएको छ।

निसान डिजाइन यूरोपमा योङ्ग ट्यालेन्ट (युवा प्रतिभाहरू) ले डिजाइन गरेको उल्लेख छ। साथै सिटि स्ट्रिटस् (शहरका सडकहरू) मा र त्यस्मा पनि विशेष गरी लन्डनमा मानिसहरूले ड्राइभ गर्न चाहुन् भन्ने यो कारले उद्देश्य राखेको जनाइएको छ। यस कारमा थ्री–डोर ह्याचब्याक डिजाइनका साथै विशेष फिचर्स समावेश गरिएको छ। उक्त विशेष फिचरले हावामा कारको चाललाई सुधार गर्ने दावी गरिएको छ।

कारलाई साइडबाट हेर्दा यसका ठूला पाङ्ग्राहरू बल्जिङ आर्चेसमा टक गरिएको देखिने छ। यी आर्चेसमा विन्ड रेजिस्टेन्स कम गर्नका लागि मद्दत गर्ने विशेष भेन्टहरू रहेको र यो कारको इफिसेन्सी प्रति लक्षित गरिएको उल्लेख छ। कारको इन्टेरियर भने सरल राखिएको र महत्त्वपूर्ण जानकारी देखाउन वा हेर्नका लागि भनेर केवल दुई ओटा स्क्रिनहरू समावेश गरिएको छ।

निसानका ग्लोबल डिजाइनका लागि वरिष्ठ उपाध्यक्ष अल्फोन्सो अल्बाइसाका अनुसार ‘कन्सेप्ट २०–२३’ वर्ल्ड अफ अनलाइन रेसिङ सेप्ड दिएको छ। यो नयाँ अप्रोचले उत्सर्जन शून्यमा राख्दै आधुनिक शहरी जीवनलाई अनलाइन गेमिङको थ्रिलसँग जोड्ने लक्ष्य राखेको जनाइएको छ।

निसानले यस कारको विद्युतीय प्रणाली वा तिनीहरूले लामो अवधिमा यस कन्सेप्टका साथ के गर्ने योजना बनाएका छन् भन्ने बारेमा विवरणहरू साझा गरेको छैन्। यद्यपी यसले सिटी ड्राइभिङका लागि भनेर स्पोर्टि डिजाइन र प्र्याक्टिकल फिचर्सको मिश्रण प्रदान गर्दै भविष्यका निसान ईभीहरूलाई प्रभाव पार्ने कुरा स्पष्ट भएको उल्लेख गरिएको छ।

प्रकाशित: १० आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...