
काठमाडौं ।
नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ भदौ मसान्ससम्मको वैदेशिक व्यापारको तथ्यांकमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ४५.३१ घटेको देखिन्छ।
चालु आवको पहिलो दुईमा ९ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको ८५५ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १८ करोड २० लाख ६० हजार रुपैयाँ बराबरको १ हजार ७३७ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको थियो।
गत आवको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात ८ करोड २४ लाख ९६ हजार रुपैयाँ र ८८२ यूनिटले घटेको छ।
चालु आवको भदौ मसान्तसम्म सरकारले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयातबाट ३ करोड २८ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
चालु आवको साउनमा ५ करोड ५३ लाख ६३ हजार रुपैयाँ बराबरको ३७६ यूनिट इलेक्ट्रिक स्कुटर र मोटरसाइकल आयात भएको थियो।
प्रकाशित: ९ आश्विन २०८०, मंगलवार