भुक्तानी सेवा प्रदायक मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज

  • Technology Khabar | ८ आश्विन २०८०, सोमबार
भुक्तानी सेवा प्रदायक मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ।

राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेपछि मोहर डिजीटलको अनुमति पत्र खारेज गरिएको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले उल्लेख गरेको छ।

मोहर डिजीटलले भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेको देखिएकाले अनुमति पत्र खारेज गरिएको केन्द्रीय बैंकले सूचनामा जनाएको छ।

राष्ट्र बैंककाअनुसार भुक्तानी तथा फर्स्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को ३५ को खण्ड (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज भएको हो।

साथै उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसंगको कुनै दायित्व बाँकी रहेको भएमा सम्वन्धित संस्थामा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ।

प्रकाशित: ८ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...