
काठमाडौं ।
सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक संस्था ई.ओ.एल. प्रालिले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो दशैंतिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनैपनि आर.ओ. मोडलको खरिदमा सि.जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ।
यो ग्राहक योजना भाद्र २८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको जनाएको छ।
केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: ८ आश्विन २०८०, सोमबार