ह्वावे लामो समयको लागि आफ्नै हार्मोनी ओएसमा ध्यान केन्द्रित गर्दै

  • Technology Khabar | ८ आश्विन २०८०, सोमबार
ह्वावे लामो समयको लागि आफ्नै हार्मोनी ओएसमा ध्यान केन्द्रित गर्दै

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले लामो समयको लागि हार्मोनी ओएसमा ध्यान केन्द्रित गरिरहेको छ।

शेन्जेनमा आधारित  कम्पनीले आत्मनिर्भरता र इकोसिस्टम बिस्तारको लक्ष्य राख्दै आफ्नै घरेलु अपरेटिङ सिस्टम, हार्मोनी ओएस  र इयूलर ओएसमा लगानी बढाउने योजना बनाएको हो।

अमेरिकी प्रतिबन्धका बाबजुद ह्वावे टेक्नोलोजी पछि हटेको छैन। ह्वावेका संस्थापक तथा सीइओ रेन झेङ्फेइले विज्ञान र प्रविधि दैनिकका पूर्व सम्पादक लिउ याडोङसँग भर्खरैको कुराकानीमा ‘डिफेन्ट अप्टिमिजम’काे  भाव व्यक्त गरे।

रेनको विश्वासलाई हाइलाइट गर्दै उक्त रिपोर्टअनुसार कठिन समयको बावजुद “ह्वावे अझ समृद्ध हुनेछ” भन्ने नाराहरु सहित चिनियाँ मिडिया आउटलेटहरूमा व्यापक रूपमा प्रसारित गरिएको थियो।

सन् २०१९ मा अमेरिकी कालोसूचीमा आफूलाई राखिएदेखि ह्वावेले अमेरिकी मूलको प्रविधिमा आफ्नो निर्भरता निरन्तर घटाउँदै आएको छ।

यसले मोबाइल र इन्टरनेट-अफ-थिंग्स (आईओटी) डिभाइसहरूका लागि डिजाइन गरिएको हार्मोनी ओएसका साथै इन्टरप्राइज सर्भरहरूका लागि बनाइएको इयूलर ओएसमा स्रोतहरू खन्याएको उल्लेख छ।

“कम्पनीले यी प्लेटफर्महरूमा आफ्नो उच्च  प्रतिबद्धताका साथ हरेक वर्ष दशौं हजार जनशक्ति र अर्बौं पूँजी लगानी गर्ने योजना बनाएको छ,” रेनले भने।

तर ह्वावेलाई फरक पार्ने कुरा भनेको यी अपरेटिङ सिस्टमहरू आफ्ना साझेदारहरूलाई खोल्ने रणनीति हो। चीनमा मात्रै, हार्मोनी ओएसले ३० भन्दा बढी अन्य अपरेटिङ सिस्टमहरूलाई शक्ति दिन्छ भने ६०० मिलियन प्रयोगकर्ताहरूको आधारलाई बुस्ट गर्छ। विभिन्न उद्योग साझेदारहरूले ह्वावेको क्लाउड सेवामा माइग्रेट गर्न थालेका छन् भने प्रभावकारीरूपमा यसको इकोसिस्टम फराकिलो बनाउँदै गर्दा यो रणनीति पहिले नै सार्थक भइसकेको बताइएकाे छ।

अन्यले अमेरिकी प्रतिबन्धहरूलाई बाधाको रूपमा लिएपनि रेनले तिनीहरूलाई इन्नाेभेसनको लागि प्रेरणाको रूपमा हेर्छन्। उनले आधारभूत अनुसन्धान र प्रतिभा विकास जस्ता क्षेत्रमा अमेरिकाबाट सिकेको पनि वकालत गरेका छन्।

ह्वावेको अपरेटिङ सिस्टमहरूमा बढ्दो लगानीले आर्थिक दबाबमा बाँच्ने इच्छा मात्र होइन, आफ्नै इकोसिस्टमलाई समृद्ध बनाएर एक प्रमुख खेलाडी बन्ने दृष्टिकोण पनि देखाउँछ।

प्रकाशित: ८ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार