Technology Khabar ७ आश्विन २०८०, आईतवार
काठमाडौं ।
भिभो दुई नयाँ फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको छ। भिभोको दुई नयाँ ट्रेडमार्क लिस्टिङ ईयुआईपीओ (यूरोपियन इन्टिल्यूचल पोपर्टी अफिस) मा देखिएको छ। दुवै सम्भावित रुपमा भी फ्लिप र भिभो एस फ्लिप नामका भविष्यका क्ल्यामशेल फोल्डेबल स्मार्टफोनहरूलाई संकेत गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
हालसम्म, कम्पनीसँग दुई भिभो एक्स फोल्ड२ स्ट्यान्डर्ड फोल्डेबल स्मार्टफोन र भिभो एक्स फ्लिप भर्टिकल फोल्डेबल स्मार्टफोन छ।
मोटोरोलाले भर्खरै आफ्नो रेजर ४० डुओ लन्च गरेको छ। यो एक बजेटमैत्री भेनिया फोल्डेबल हो र यस्तोमा सामसङले पनि सस्तो फोल्डेबलहरू पनि बनाउने विचार गरिरहेको रिपोर्ट आएको छ। त्यसैले भिभोका यी दुई स्मार्टफोन पनि बजेटमैत्री हुने विश्वास गरिएको छ।
सम्भवत अन्य ओईएमको नजर अझै उदाउँदो बजेट फोल्डेबल सेग्मेन्टमा छ।
फोल्डेबल बजार परिपक्व हुँदै जाँदा र फोल्डेबल स्क्रिन टेक्नोलोजी थप पहुँचयोग्य बन्दै गएपछि हामीले थप बजेटमैत्री फोल्डेबल स्मार्टफोनहरूको आगमन देख्न थाल्नेछौं र यो प्रवृत्ति सुरु हुन थालेको जस्तो देखिन्छ।
प्रकाशित: ७ आश्विन २०८०, आईतवार