काठमाडौं ।
शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुङ्गाले नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि मनाउँदै छ।
सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको दाबी गरेको छ। कम्पनीको सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्मार्टफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित छ।
विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ। शाओमी टेक्नोलोजी क्षेत्रमा घर–घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ ।
शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध रहेको जनाएको छ।
विगतका वर्षहरू जस्तै शाओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा रु. २००० सम्मको आकर्षक छुट प्रदान गरिरहेको छ। शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ।
यस महत्वपूर्ण अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी नेपालमा हाम्रो ५ औं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ। यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रह्यो र हामी ग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रति आभारी छौं। हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ।”
प्रकाशित: ७ आश्विन २०८०, आईतवार