आईफोन १५ सिरिजले चीनमा तोड्यो यसअघिको बिक्री रेकर्ड

  • Technology Khabar | ७ आश्विन २०८०, आईतवार
आईफोन १५ सिरिजले चीनमा तोड्यो यसअघिको बिक्री रेकर्ड

काठमाडौं ।

स्वदेशी प्रतिस्पर्धाको बाबजुद चीनमा एप्पलको नयाँ आईफोन १५ सिरिजले गत वर्षको आईफोन १४ परिवारलाई पछाडि पार्न सफल भएको छ।

४,००० भन्दा बढी एप्पल रिसेलरहरूसँग साझेदारी गरेको र देशको सबैभन्दा ठूलो अनलाइन रिटेलर्स मध्येको एक रहेको जेडी डटकमका अनुसार सुरुवातको पहिलो दुई घण्टामा गत वर्षको तुलनामा २५३ प्रतिशत वृद्धि देखिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यसले नयाँ आईफोनहरू प्रतिको चासोमा वृद्धि भएको सङ्केत गर्नुका साथै तल्लो तहका शहरहरूमा ग्राहकहरूबाट अर्डरहरू ६ गुणा बढेकाले सबैलाई आश्चर्यमा पारेको जनाइएको छ।

उच्च मूल्य ट्यागको बावजुद पनि प्रमुख चिनियाँ शहरहरू भन्दा बाहिर आईफोन अपनाउनेको संख्या फैलिएको देखिएको छ।

बजार विश्लेषकहरूकाअनुसार चीनमा स्मार्टफोनको औसत बिक्री मूल्य ४५० डलर नाघेको र आगामी त्रैमासमा यो बढ्ने सम्भावना पनि भएको जनाइएको छ। त्यसका साथै आईफोनको बिक्रीमा अचानक भएको वृद्धिले केही हदसम्म चिनियाँ बजार प्रवृतिसँग मेल खाएको उल्लेख गरिएको छ।

प्रकाशित: ७ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार