काठमाडौं ।
चिनियाँ टेक दिग्गज ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले आफ्नो कम्पनीको अमेरिकी प्रतिद्वन्द्वी एप्पलको लागि प्रशंसा व्यक्त गरेका छन्।
ह्वावेद्वारा प्रायोजित अन्तर्राष्ट्रिय कलेजिएट प्रोग्रामिङ प्रतियोगितामा बोल्दै रेनले एप्पल र यसका उत्पादनहरू प्रति आफ्नो सम्मान प्रकट गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
रेनको अप्रत्याशित भनाईले विदेशी ब्रान्डहरूप्रति जेनोफोबिया विरुद्ध उनको अडानलाई जोड दिएको उल्लेख छ। उनले एप्पलको धेरै कुरा गर्दै भने, “हामी प्रायः किन एप्पलका उत्पादनहरू यति राम्रो छन् भनेर अन्वेषण गर्छौं, हामी र एप्पलबीचको खाडल पनि देख्न सक्छौं। हामीलाई सिक्ने र तुलना गर्ने मौका दिने शिक्षक पाएकोमा म धेरै खुसी छु। त्यस अर्थमा, मलाई एप्पल फ्यान भन्नु अतिशयोक्ति हुनेछैन।”
विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा भयंकर प्रतिस्पर्धाको बीचमा यो आश्चर्यजनक भनाई आएको छ जतिबेला प्रतिस्पर्धामा ह्वावेको नवीनतम फ्ल्यागशिप फाइभजी ह्यान्डसेटहरू एप्पलको अफरिङ्गसँग जुधिरहेको छ।
कुनै समय विश्वको सबैभन्दा ठूलो स्मार्टफोन हार्डवेयर निर्माता ह्वावेलाई सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टिटी लिस्टमा राखेर प्रतिबन्ध लगाए। साथै यस कदमले कम्पनीका लागि महत्वपूर्ण चिपहरूमा रोक लगाउने, गुगल एपहरू र सेवाहरूमा पहुँच गुमाउने जस्ता चुनौतीहरूको एक श्रृंखला निम्त्याएको र यसले कम्पनीको पश्चिमी बजार उपस्थितिलाई महत्त्वपूर्ण रूपमा असर गरेको उल्लेख छ।
यद्यपी उक्त चुनौतिहरूको बावजुद ह्वावेले भर्खरै प्रिमियम मेट ६० फोनको रिलीजको साथ आश्चर्यजनक पुनरागमन गरेको छ। यो मेट ६० ह्वावेको आफ्नै हाइसिलिकन ब्रिन ९००एस सिस्टम–अन–चिप द्वारा संचालित रहेको र यसले एप्पलको आफ्नै चिप डिजाइन गर्ने कार्यलाई झल्काएको उल्लेख गरिएको छ।
ह्वावेले एप्पलसँग आविष्कार र प्रतिस्पर्धा गर्न जारी राख्दा, रेन झेङ्फेईको अप्रत्याशित प्रशंसाले विश्वव्यापी प्राविधिक उद्योगको अन्तरसम्बन्ध र गहन प्रतिस्पर्धाको बीचमा पनि सिक्न सकिने बहुमूल्य पाठहरूको सम्झनाको रूपमा काम गरेको बताईएको छ।
प्रकाशित: ७ आश्विन २०८०, आईतवार