बेलायती ‘क्लासिक मिनी’ १ लाख ५५ हजार डलरको लागत मूल्यमा इलेक्ट्रिक भर्सनमा

  • Technology Khabar | ७ आश्विन २०८०, आईतवार
बेलायती ‘क्लासिक मिनी’ १ लाख ५५ हजार डलरको लागत मूल्यमा इलेक्ट्रिक भर्सनमा

काठमाडौं ।

बेलायतको किफायती कारको रूपमा परिचित ‘क्लासिक मिनी’ आफ्नो बजेट–फ्रेण्डली रुट्सलाई कायम राख्दै अब इलेक्ट्रिकमा परिणत गरिएको छ।

लक्जरी रिस्टोरेसन्स्का लागि परिचित डेभिड ब्राउन अटोमोटिभले मिनी ईमास्टर्ड नामक अल इलेक्ट्रिक भर्सन सार्वजनिक गरेको हो।

मिनी ईमास्टर्डमा ७२ किलोवाटको विद्युतीय मोटर र १८.८ किलोवाट–आवर ब्याट्री समावेश गरिएको छ भने परिमार्जन गरिएको यो मिनी एक पटकको सिङ्गल चार्जमा ११० माइलसम्म जानसक्ने उल्लेख छ। साथै यसले ८.५ सेकेन्डमा ० देखि ६२ माइल प्रतिघण्टाको गति लिन्छ भने यसको उच्च गति ९२ माइल प्रतिघण्टा रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता आधुनिक सुविधाहरूको बावजुद यसको स्टिकर मूल्यले वास्तवमा ध्यानकर्षण गर्ने उल्लेख गरिएको छ। सबै अतिरिक्त शुल्क र करहरू बाहेक यसको मूल्य १,५४,५०० अमेरिकी डलर (१२५,००० पाउन्ड स्टर्लिंग) रहेको जनाइएको छ। यसमा मिनी ईमास्टर्ड ह्यान्डक्राफ्ट गरिएको र सवारी धनीको स्पेक्सअनुसार कस्टमाइज गरिएको उल्लेख छ।

यो लक्जरी रिभ्याम्प (परिमार्जन) निश्चित रूपमा इकोनोमिकल पर्सनल ट्रान्सपोर्ट (किफायती व्यक्तिगत यातायात) प्रदान गर्ने मिनीको मूल मिशनबाट फरक भएको उल्लेख गरिएको छ। मिनी ईमास्टर्ड आफ्नो क्लासिक डिजाइन कायम राखेको र तौल पनि ओरिजील (मूल) ग्यास मोडलको बराबर १,४११ पाउन्डनै कायम गरेको जनाइएको छ।

प्रकाशित: ७ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार