अव्यबस्थित तारले कुरूप बन्दै नबलपुर बजार

Technology Khabar ६ आश्विन २०८०, शनिबार

अव्यबस्थित तारले कुरूप बन्दै नबलपुर बजार
सांकेतिक तस्बिर

काठमाडौं ।

अव्यबस्थित तारले नवलपरासी स्थित नबलपुर बजार कुरूप बन्दै गएको छ। अव्यवस्थित तारका कारण बजार कुरूप मात्रै नभएर जोखिमपूर्णसमेत भएको छ।

विशेष त इन्टरनेट सेवा विस्तारका नाममा विभिन्न सेवाप्रदायक कम्पनीले अव्यवस्थित रूपमा विद्युत् तथा सोलारका पोलमा जथाभाबी तार टाँग्ने काम गरेसँगै नवलपुरका मुख्य चोक तथा बजार कुरूप बन्दै गएको छ।

जिल्लाका मुख्य सहर गैंडाकोट, दलदले, काबासोली, चोरमारा र टुम्किबासलगायतका ठाउँमा रहेका भिजुली र सोलारका पोलमा अव्यवस्थित रूपमा तार टाँगिएका छन्। विद्युत् वितरणका लागि गाडिएका पोलहरूमा थाम्नै नसकिने तारका गुजुल्टाले सहर केही वर्षयता कुरूप बन्दै गएको छ।

देबचुलीका राम भण्डारीले भने, “अस्तव्यस्त तारका कारण दुर्घटना हुने गरेको घटना समय समयमा सुन्नमा आउँछ तर यो नौलो भने होइन। कतै पोल ढल्छ, तार चुँडिन्छ तर समयमै मर्मत हुँदैन। जसले उपभोक्ता प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा मारमा परिरहेका हुन्छन्।”

घर नजिकै बिजुलीको पोल भएकाले पोलले थेग्न नसक्ने गरी तार टाँगिएकाले आगलागीका घटना हुन्छ की भन्ने डर लाग्ने गरेको भण्डारीले गुनासो गरे।

विद्युत् प्राधिकरणले नियमित रूपमा अनुगमन नगर्दा र यस विषयमा चासो नराख्दा अव्यवस्थित तारका गुजुल्टाले सहरको स्वरूप निरंदै गएको कावासोतीका सागर क्षेत्री बताउँछन्। जथाभाबी तारले दुर्घटना निम्त्याउने मात्र नभई बजार नै फोहोर देखिएको उनले बताए।

विद्युत् प्राधिकरण गैंडाकोट शाखा प्रमुख सुजन रिजालले अधिकांश स्थानमा भिजुलीका पोलमा आगलागी हुने कारण भनेको बिजुलीको तार नभई इन्टरनेटका तार देखिएको नेपालले बताए। तार छरपस्ट भएको, घर नजिकका पोलहरूमा रहेका तारका कारण कुरूप देखिएको, पटक पटक आगलागीको सामना गर्नुपर्ने, लत्रिएका तारमा अड्किने जस्ता जोखिम रहेकाले अव्यवस्थित तारलाई व्यवस्थित बनाउन सबैको सहकार्य चाहिने उनको भनाइ थियो।

नेपाल विद्युत् प्राधिकरण नवलपुर शाखाका सूचना अधिकारी पदमराज हमालले विद्युत्का पोल बिग्रे, जलेको खण्डमा कार्यालयले जुनसुकै बखत मर्मत सम्भार गरेको तर सहरको सौन्दर्यको विषयमा कुनै काम र पहल नगरेको बताए। उनले भने “नबलपुर जिल्लाका धेरै स्थानमा रहेका पोलमा अव्यवस्थित तार धेरै छन्। यसको नियमन सम्बन्धित स्थानीय तहले गर्नु पर्छ।” गोरखापत्रबाट

प्रकाशित: ६ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया