दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’

Technology Khabar ६ आश्विन २०८०, शनिबार

काठमाडौं ।

दावा टेक्नोलोजिले नेपालभरका डिलरहरुको ‘डिलर मिट’ सम्पन्न गरेको छ। चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो।

डिलर मिटका क्रममा वर्षभरी दावा टेक्नोलोजिको सामाग्री धेरै बेच्ने १२ डिलरलाई सम्मान सहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको बताईएको छ।

आधिकारिक बिक्रेता एचएमसीका सन्तोस कुमार श्रेष्ठले दावा टेक्नोलोजिका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए। उनले चिनियाँ कम्पनी दावा टेक्नोलोजिबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए ।

यस्तै, एआईजी किरण बज्रचार्यले सीसी क्यामराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताईन्। उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरुलाई नियन्त्रणमा लिन सहज भएको समेत बताईन्।

देशभरका डिलहरु सहभागी ‘डिलर मिट २०२३’मा चीनबाट दावा टेक्नोलोजिका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामराको बजार बढ्दो अवस्थामा रहेको बताए।

उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टीभीको माग समेत बढ्दै गइरहेको छ।

प्रकाशित: ६ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया