
काठमाडौं ।
बेलायती सरकारले अनलाइन टिभी च्यानलहरूमा राखिने कन्टेन्टहरु अर्थात सामग्रीको नियमहरू बिस्तार गर्न परामर्श गरिरहेको छ।
जसअनुसार बेलायत सरकारले अनलाइन टिभि च्यानलहरूलाई सूचना प्रविधि तथा टेलिकम क्षेत्रको नियामक निकाय अफकम सामग्री नियमहरू अन्तर्गत ल्याउने योजना घोषणा गरेको हो।
कानून परिवर्तनले कमजोर दर्शकहरू र बालबालिकाहरूलाई हानिकारक कार्यक्रमहरूबाट सुरक्षित रहन सुनिश्चित गर्नेछ।
यसमा स्मार्ट टिभीहरूमा अनलाइन टिभि च्यानलहरूलाई परम्परागत टिभी जस्तै नियमहरू अन्तर्गत ल्याउनेछ।
प्रकाशित: ६ आश्विन २०८०, शनिबार