
काठमाडौं ।
चीनले अगस्टमा १ करोड ६० लाख भन्दा बढी फाइभजी ग्राहकहरू थपेको छ।
चीनको टेलिकम अपरेटर चाइना मोबाइलले अगस्टमा मात्र ४ लाख ७४ हजार ग्राहकहरू थप्यो, जुन जुलाईमा भएको ६ लाख १४ हजार ग्राहकहरूको तुलनामा कम हो । जूनमा यस्तो संख्या २ लाख २७ हजार थियो भने हाल सो भन्दा दोब्बर भएको छ।
कम्पनीले यो महिना कुल ९८ करोड ६४ लाख मोबाइल ग्राहकका साथ समाप्त गरेको छ।
यसैगरी अर्को अपरेटर चाइना टेलिकमले अगस्टमा ९ लाख ६० हजार मोबाइल ग्राहकहरू थप्यो, जसले गर्दा जुन महिनाको अन्त्यमा कुल ४० करोड ३६ लाख ५० हजार प्रयोगकर्ताहरू थिए।
प्रकाशित: ६ आश्विन २०८०, शनिबार