ह्वावे, आसियान फाउन्डेसन, र सीएमइयो स्पटलाइट एसिया प्यासिफिकका इमर्जिंङ टेक लिडर्स ’सीड्स फर द फ्युचर समिट–२०२३’

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
ह्वावे, आसियान फाउन्डेसन, र सीएमइयो स्पटलाइट एसिया प्यासिफिकका इमर्जिंङ टेक लिडर्स ’सीड्स फर द फ्युचर समिट–२०२३’

काठमाडौं ।

डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ।

ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि’कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एशिया प्यासिफिक देशका ९१ बहु प्रतिभाशाली सहभागीहरुले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ माभागलिएका छन् ।

नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसँग ’सीड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन्। यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिकआदान प्रदान कार्यक्रम, ह्वावेको विश्व–स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिकचीनको अनुभव समावेश छ।

समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एशिया प्यासिफिककाअध्यक्ष साइमन लिनले भने, “ह्वावेले ’सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो बर्ष हो। हरेक वर्ष, हामी केही नयाँ, थप साझेदारहरू सामेल भएसंगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौं, तथापि यसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन्।”

शिखर सम्मेलनको मुख्य भागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका ६ ओटा प्रमुख क्षेत्रहरू– आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमतानिर्माण, युवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहँदै संयुक्त घोषणा गरेका थिए।

कार्यक्रममा नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका विज्ञहरू, ह्वावे र ’सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रका भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र आजीवन कौशलको उपयोग गर्ने तरिकामा गहिरो प्रकाश परेको थियो ।

यो प्रतिभा शिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमा ह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुत अनुभवको विस्तार भएको बताईएको छ। त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अद्वितीय अनुभव प्राप्त गरेका थिए।

आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार