जर्मनीमा क्यारियरले प्रयोग गर्ने चिनियाँ फाइभजी उपकरणमा प्रतिबन्ध लगाउने सम्भावना

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
जर्मनीमा क्यारियरले प्रयोग गर्ने चिनियाँ फाइभजी उपकरणमा प्रतिबन्ध लगाउने सम्भावना

काठमाडौं ।

जर्मनीमा करिब ५९ प्रतिशत फाइभजी रेडियो एक्सेस नेटवर्कस (आरएएन) ले ह्वावे कम्पोनेन्टहरू प्रयोग गर्ने गरेकोमा, नयाँ रिपोर्टका अनुसार ‘जर्मनीज फेडेरल मिनिस्ट्र अफ द इन्ट्रेरियर एण्ड कम्यूनिटि’ (जर्मनीको संघीय आन्तरिक र समुदाय मन्त्रालय) ले डोयच टेलिकम र भोडाफोन जस्ता क्यारियर्सले प्रयोग गर्ने चिनियाँ फाइभजी उपकरणहरूमा सीमता लगाउन खोजिरहेको छ।

प्रतिवेदनको आधारमा आन्तरिक मन्त्रालयले अर्को हप्ता जर्मन फेडेरल पार्लियामेन्टमा आफ्नो मुद्दा प्रस्तुत गर्ने भएको छ।

छलफल गरिएको कानूनको मस्यौदा अनुसार, जर्मन टेलिकमले अक्टोबर १, २०२६ सम्ममा आफ्नो नेटवर्कको मुख्य भागमा चिनियाँ फाइभजी आरएएन उपकरणहरूको प्रयोगलाई सीमित गर्नुपर्नेछ। यद्यपी उक्त सीमाको सही विवरणहरू निर्दिष्ट गर्न बाँकी नै रहेको तर रिपोर्टले चिनियाँ फाइभजी उपकरणहरूमा २५ प्रतिशतको सीमा वा पूर्ण रुपमा प्रतिबन्ध गरिने सुझाव दिएको उल्लेख छ।

आफ्नो नाम बताउन अस्वीकार गरेका एक जर्मन अधिकारीले “जर्मनीको संघीय सरकार रहेको बर्लिन जस्ता क्षेत्रहरूले आफ्नो मोबाइल नेटवर्कहरु कुनै पनि चिनियाँ प्रविधि प्रयोग गर्नु हुँदैन” भनी बताएको छन्।

जर्मनीको आन्तरिक मन्त्रालयले चिनियाँ फाइभजी टेक्नोलोजीमा देशको अत्याधिक निर्भरतालाई रोक्न चाहिरहेको तर यसले मिनिस्ट्र अफ डिजिटल अफेयर्स (डिजिटल मामिलाहरूको लागि मन्त्रालय) बाट विरोध देख्ने जीएसएमएरिनाको रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार