आईफोन १५ प्रो म्याक्सद्वारा एनटुटुमा राम्रो प्रदर्शन

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
आईफोन १५ प्रो म्याक्सद्वारा एनटुटुमा राम्रो प्रदर्शन

काठमाडौं ।

एप्पलको ए१७ प्रो एक द्रुत चिपसेट भएको गीकबेन्च टेस्ट रनले देखाएको र यसै क्रममा एनटुटु ले पनि यसको कार्यसम्पादनको बारेमा देखाएको छ। आईफोन १५ प्रो र १५ प्रो म्याक्स भित्र रहेको ए१७ प्रो १,६४१,८८३ अंकको संयुक्त स्कोरको साथ एनटुटुमा सबैभन्दा फास्ट फोनहरू मध्ये एक भएको छ।

गत वर्षको ए१६ बायोनिक चिपले १,४७४,०११ स्कोर प्राप्त गरेको थियो भने एप्पल ल्यापटप्स र आईप्याड्समा पाइने एप्पल एम१ चिप १,७५४,४५६ अंकका साथ थोरै अंकले मात्र पछाडि परेको उल्लेख छ। त्यसैगरी १५ प्रो म्याक्सले एन्ड्रोइड–लिडिङ्ग नुबिया रेड म्याजिक ८ प्रो प्लसलाई पनि किनारा लगाएको र यसले “केवल १,६३२,८५९ अंक प्राप्त गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

ए१७ प्रो ले ३९२,४३–पोइन्ट सीपीयू स्कोर र जीपीयू विभागको लागि ५९७,७३४–पोइन्ट आउटिङको बोस्ट गरेको उल्लेख छ।

एप्पलको नयाँ ए१७ प्रो चिपले जीपीयू विभागमा आउटगोइङ्ग ए१६ बायोनिकले भन्दा २० प्रतिशत सुधार प्रदान गर्दछ भनी एप्पलले दावी गरेको छ भने एनटुटुले नयाँ चिपसेटको जीपीयूको पक्षमा लगभग २७ प्रतिशतको भिन्नता देखाएको उल्लेख छ। त्यस्का साथै ए१७ प्रो ३०६,१६४ स्कोरको साथ मेमोरी परीक्षणमा पनि अग्रणी स्थानमा रहेको उल्लेख छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ५ आश्विन २०८०, शुक्रबार