स्प्यारो एसएमएस अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

  • Technology Khabar | ४ आश्विन २०८०, बिहीबार
स्प्यारो एसएमएस अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

काठमाडौं ।

स्प्यारो एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लेटफर्ममा जोडेको छ।

यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै स्प्यारो एसएमएसले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको छ। यस विस्तारको उद्देश्य स्प्यारोको प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्ताहरु माझ पुर्याउनु रहेको जनाएको छ।

पर्याप्त प्राविधिक विकास र सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट स्टार्टअप र व्यवसायहरुको विस्तारको सन्दर्भमा स्प्यारो एसएमएसले विभिन्न कम्युनिकेशन च्यानलहरू एकीकृत गर्न सक्षम ईन्टरप्राईज मेसेजिङ प्लेटफर्मको आवश्यकता महशुस गरेसँगै परम्परागत एसएमएस सेवा प्रदायकबाट बृहत् ईन्टरप्राईज मेसेजिङ प्लाटफर्ममा रूपान्तरण गरी रिब्रान्डिङका साथ अगाडि बढ्न प्रेरित गरेको बताएको छ।

यस रिब्रान्डिङ पश्चात आफ्ना प्रयोगकर्ताहरू माझ आवश्यक कम्नुनिकेशनका टूलहरुमार्फत अझै स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीको रहेको छ।

नयाँ लुक्स र सेवाहरुले स्प्यारो एसएमएसको समयअनुसार उपयुक्त र आवश्यक सेवाहरु विस्तार गर्दै, प्रयोगकर्ताको चाहना बुझ्दै नवीनतम प्रविधि भित्र्याउने र थप परिष्कृत सेवा दिने प्रतिबद्धता देखाउने उल्लेख छ।

कम्पनीकाअनुसार यस रिब्रान्डिङले स्प्यारो एसएमएस र यसका प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवाहरु प्रदान गर्नेछ। एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले स्प्यारो एसएमएसको एक ईन्टरप्राईज मेसेजिङ कम्पनीको रूपमा भएको रुपान्तरण प्रतिबिम्बित गर्नेछ।

स्प्यारोको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्दछ। साथै, नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो बनाउँछ।

“यो रिब्रान्डिङले स्प्यारो एसएमएसको सेवामा रूपान्तरण र विकास, प्रयोगकर्ताको अनुभव सुधार्न र इन्टरप्राइज कम्युनिकेशनमा उत्कृष्टता हासिल गर्ने उद्देश्य रहेको साथै व्यवसायहरूको बदलिँदो संचार आवश्यकताहरूलाई पुर्ति गर्नसक्ने बृहत, प्रयोगकर्ताले रोजेअनुसारको र प्राविधिकरूपमा थप सशक्त ईन्टरप्राईजेज मेसेजिङ प्लाटफर्म प्रदान गरेर ईन्टरप्राईज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको छ,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भने।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार