पहिलो स्याटेलाइट फाइभजी फोन कल गर्न सफल भएको एएसटी स्पेसमोबाइलको दाबी

  • Technology Khabar | ४ आश्विन २०८०, बिहीबार
पहिलो स्याटेलाइट फाइभजी फोन कल गर्न सफल भएको एएसटी स्पेसमोबाइलको दाबी

काठमाडौं ।

एएसटी स्पेसमोबाइलले पहिलो स्याटेलाइट ५जी फोन कल गर्न सफल भएको दाबी गरेको छ।

एएसटी स्पेसमोबाइलले पहिलो पटक स्याटेलाइट कललाई फाइभजीमा अपरिवर्तित स्मार्टफोन र अन्तरिक्षमा भूउपग्रहका बीच सफलतापूर्वक राखेको बताएको छ।

भोडाफोन, नोकिया र एटी एण्ड टीसँगको साझेदारीमा, कम्पनीले अमेरिकाको माउई, हवाईमा रहेको वायरलेस डेड जोनबाट स्पेनको म्याड्रिडमा रहेको भोडाफोन इन्जिनियरलाई कल गर्न ग्यालेक्सी एस २२ स्मार्टफोनको प्रयोग गर्यो।

सो फोनकलका लागि यसले एटी एण्ड टीको स्पेक्ट्रम र एएसटी स्पेसमोबाइलको ब्लूवाकर ३ (BlueWalker 3) परीक्षण स्याटेलाइटको प्रयोग गरेको थियो।

एक अलग परीक्षणमा, कम्पनीले लगभग १४ एमबीपीएसको डाउनलोड दरको साथ ५जी सेलुलर ब्रोडब्यान्ड डाटा सेशन समेत हासिल गर्यो।

परीक्षणले स्पेस-आधारित ५जी रिलीज १६ कनेक्टिभिटीको प्रदर्शन गर्यो।

एएसटीले २०२४ को पहिलो क्वाटरमा पाँच व्यावसायिक उपग्रहहरू मध्ये पहिलो प्रक्षेपण गर्ने योजना बनाएको छ।

एटी एण्ड टी, भोडाफोन र राकुटेनसँग कम्पनीले ४जी स्पेस-टू-मोबाइल भ्वाइस र भिडियो कलहरूको परीक्षण गरेको छ।

“ब्लूवाकर ३ स्याटेलाइटको प्रक्षेपण पछि, हामीले सबै प्रमुख निर्माताहरुद्वारा बनाईएको फोनहरु र टूजी, फोरजी एलटीई, र अब फाइभजीको समर्थनसंग पूर्ण अनुकूलता हासिल गरेका छौं,” एएसटी स्पेसमोबाइलका सीईओ एबेल एभिलानले भने।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार