सामसङ विरुद्ध असुसद्वारा पेटेन्ट नियम उल्लङ्घनको आरोपमा मुद्दा दायर

  • Technology Khabar | ४ आश्विन २०८०, बिहीबार
सामसङ विरुद्ध असुसद्वारा पेटेन्ट नियम उल्लङ्घनको आरोपमा मुद्दा दायर

काठमाडौं ।

असुसले सामसंगको विरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले कोरियाली टेक दिग्गजले फोरजी र फाइभजी नेटवर्कमा काम गर्ने सञ्चार प्रविधि पेटेन्ट नियमहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।

मुद्दा हाल सामसङको पेटेन्टको लागि लाइसेन्स शुल्कसँग सम्बन्धित छ। हाल दुवै स्मार्टफोन कम्पनीहरूले यस विषयमा कुनै आधिकारिक बयान दिएका छैनन्। यो जानकारी डिजीटाइम्सको एक रिपोर्ट बाट प्राप्त भएको हो।

समाचारमा उल्लेख भएअनुसार असुसले सामसङ विरुद्ध मुद्दा हालेको पेटेन्टको कारण सामसङ ग्यालेकसी जेड फ्लिप ५जी (Galaxy Z Flip 5G) जस्ता स्मार्टफोनमा प्रयोग भइरहेको छ। टेक्सासको पूर्वी जिल्ला (यूएस प्याटेन्ट नम्बर १०,१८७,८७८) मा सामसङ इलेक्ट्रोनिक्स विरुद्ध मुद्दा दायर गरिएको छ।

स्मरणरहोस्, केहि दिन अघि मात्र असुस र सामसङबीच प्याटेन्टको लागी एक सम्झौता भएको थियो।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार