ह्वावेको १३.२ इन्चको मेटप्याड प्रो सेप्टेम्बर २५ मा लन्च गरिने

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
ह्वावेको १३.२ इन्चको मेटप्याड प्रो सेप्टेम्बर २५ मा लन्च गरिने

काठमाडौं ।

ह्वावेले नयाँ ट्याब्लेट लन्च गर्ने तयारी गरिरहेको छ। उक्त नयाँ ट्याब्लेट कम्पनीको इतिहासमा अहिलेसम्मकै ठूलो हुनसक्ने उल्लेख छ। मेटप्याड प्रो १३.२ चीनमा सेप्टेम्बर २५ तारिखमा प्रस्तुत गरिने जनाइएको छ।

साथै नाम र टिजर अनुसार यस नयाँ ट्याब्लेटमा एक विशाल १३.२ इन्चको डिस्प्ले हुनसक्ने जीएसएमएरिनामा उल्लेख छ।

नयाँ ट्याब्लेटमा सुपर थिन (निकै पातलो) बेजेलहरू पनि हुने भएकाले यस डिभाइसलाई हातमा समात्नुको सट्टा किबोर्डको साथ उपयोग गर्न सकिने छ। मेटप्याड प्रोमा म्याग्नेटिक किबोर्ड र एम पेन्सिल उपलब्ध हुने जनाइएको छ। यद्यपी तिनीहरू स्लेटको साथ खुद्रा बक्समा हुनेछन् कि छैनन् भनेर जान्नको लागि अर्को हप्तासम्म कुर्नु पर्नेछ।

त्यसैगरी उक्त कार्यक्रममा ह्वावे वाच अल्टिमेट गोल्ड एडिसन पनि अवतरण गरिने छ। यद्यपी ह्वावे वाच अल्टिमेट गोल्ड एडिसन यस अघि नै विश्वव्यापी बजारमा प्रस्तुत गरिएको छ।

साथै यस वेयरेबलको पहिले नै समीक्षा गरिएतापनि यस संस्करणमा बेजेलमा रियल १८ क्यारेट सुन, क्राउन बटन र गोल्ड पीभीडी टाइटेनियम स्ट्र्याप रहने जनाइएको छ। यसको आगामी अक्टोबरदेखि युरोपमा २,९९९ यूरो मूल्यमा विक्रि गरिने छ।

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...