सिस्कोले सिलिकन भ्यालीमा कार्यरत आफ्ना ३५० कर्मचारी निकाल्ने

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
सिस्कोले सिलिकन भ्यालीमा कार्यरत आफ्ना ३५० कर्मचारी निकाल्ने

काठमाडौं ।

सिस्कोले सिलिकन भ्यालीमा आफ्नो कार्यालयमा कार्यरत ३५० कर्मचारी निकाल्ने भएको छ।

सिस्कोले अर्को महिना सिलिकन भ्यालीमा ३५० कर्मचारी घटाउने योजना बनाएको सिकिंग अल्फाले रिपोर्ट गरेको छ।

क्यालिफोर्नियाको रोजगार विकास विभागमा गरिएको फाइलिङका अनुसार १६ अक्टोबरसम्म सान जोसमा २२७ र मिलपिटासमा १२३ जना कर्मचारीहरूलाई हटाइनेछ।

 

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार