टेस्लाले इभी चार्ज गर्न जडान गर्यो ५० हजार सुपरचार्जर

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
टेस्लाले इभी चार्ज गर्न जडान गर्यो ५० हजार सुपरचार्जर

काठमाडौं ।

टेस्लाले भर्खरै यसको ५० हजार सुपरचार्जर सेटअप गरेको छ। मानक सेतो र रातो एकाइहरूको विपरीत, यो अल्ट्रा रेडमा कोटेड छ। सोही रंग टेस्लाको हाइ-इन्डको मोडल एस र मोडल एक्स गाडीहरूको लागि प्रयोग गरिएको थियो।

चार्जरलाई ” नम्बर फिफ्टी थाउजेण्ड” लेबल गरिएको तथा रोजभिल, क्यालिफोर्नियाको १८५१ फ्रीडम वेमा जडान गरिएको गिज्मोचाइनाले रिपोर्ट गरेको छ।

विशेष रङ र लेबलहरु ‘आइ क्याचिङ’ छन्। चार्जर फङ्सनल रूपमा सामान्य २५० -किलोवाट पावर आउटपुट प्रदान गर्दै अरूहरू जस्तै रहेको बताइएको छ।

टेस्लाको नेटवर्क विश्वभरका ५ हजार भन्दा बढी स्टेसनहरू भएका सबै फास्ट-चार्जिङ सेटअपहरूमध्ये सबैभन्दा ठूलो हो।

यसले चार्जरहरूको संख्या मात्र नबढाएर उनीहरूलाई नन-टेस्ला भेहिकलहरूसँग मिल्दो बनाउन पनि काम गरिरहेको छ।

यसको लागि पाइलट कार्यक्रम रहेको, तथा अन्य कार निर्माताहरूले उत्तर अमेरिकामा टेस्लाको एनएसीएस चार्जिङ कनेक्टरहरू अपनाउन थालेका उल्लेख छ।

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार