धनकुटामा चार्जिङ स्टेसन सञ्चालन

  • Technology Khabar | २ आश्विन २०८०, मंगलवार
धनकुटामा चार्जिङ स्टेसन सञ्चालन
सांकेतिक तस्बिर

काठमाडौं ।

पूर्वी पहाडमै पहिलो पटक विद्युतीय सवारीसाधनका लागि धनकुटामा रहेको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ।

धनकुटा नगरपालिका–१, सुकेपोखरीमा स्थानीय व्यवसायी मिलन खड्काले करिब १७ लाख रुपियाँको लागतमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन्। नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर निःशुल्क दिएको छ। त्यस्तै चार्जिङ प्वाइन्ट सिजी ग्रुपले उपलब्ध गराएको सञ्चालक खड्काले जानकारी दिए।

कुल ३० किलोवाट क्षमताको फास्ट चार्जिङ स्टेसन रहेको यसमा एक पटकमा एउटा सवारीसाधन चार्ज गर्न मिल्ने र ४० मिनेटमा पूर्ण चार्ज हुनेछ। पहाडी क्षेत्रमा पनि विद्युतीय सवारीसाधन आउन थालेकाले निजी लगानीमै स्टेसन सञ्चालनमा ल्याइएको उनले बताए।

यो पूर्वी पहाडको पहिलो चार्जिङ स्टेसन रहेको जनाइएको छ । चार्जिङ स्टेसनको प्रदेश सभा सदस्यद्वय इन्द्रमणि पराजुली र निरन राईले सोमबार उद्घाटन गरे। उद्घाटनमा बोल्दै पराजुलीले सबैतिर विद्युतीय सवारी सञ्चालन गर्न सके मात्र व्यापार घाटा कम हुने र धेरै विद्युत नेपालमै खपत गर्न सकिने बताए। गोरखापत्रबाट

प्रकाशित: २ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २ आश्विन २०८०, मंगलवार