
काठमाडौं ।
काभ्रे पलाञ्चो क जिल्लाको रोसी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटरलगायतका सामग्री प्रदान गरेको छ।
गाउँपालिकाले विगत तीन वर्षदेखि सामुदायिक विद्यालयलाई “एक विद्यालय, एक कप्युटर” कार्यक्रम अन्तर्गत कम्प्युटर, प्रिन्टर र युपिएस एक एक थान हस्तान्तरण गर्दै आएको गाउँपालिकाले जनाएको छ।
२० सामुदायिक विद्यालयलाई कम्युटर लगायतका सामग्री हस्तान्तरण गरेसँगै गाउँपालिकाभित्र रहेका ६९ ओटै सामुदायिक विद्यालयमा कम्प्युटर, प्रिन्टर र युपिएस हस्तान्तरण गरिसकेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए।
प्रकाशित: २ आश्विन २०८०, मंगलवार